IME Life

कर्जा प्रवाह रोकिदा एक वर्षदेखि सिडी रेसियो लगातार घट्दो क्रममा, तरलता बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्दा विगत एक वर्षदेखि सिडी रेसियो लगातार घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय सिडी रेसियो ८४.७४ प्रतिशतमा झरेको छ । बैशाख मसान्तसम्मा बाणिज्य बैंकको सिडी रेसियो भने ८४.८८ प्रतिशत छ ।

जवकी गएको साउन महिनामा सिडी रेसियो ८८.०७ प्रतिशत थियो । साउन पछि कर्जा प्रवाहमा सुस्तता आए सँगै हरेक महिना घट्दो क्रममा छ । १० महिनाको अवधिमा सिडी रेसियो ३ दशमलब १९ प्रतिशत विन्दुले घटेको छ ।

Prabhu
Crest

माघ महिनामा बैंकहरु कर्जा प्रवाहमा अलिकति आक्रामक हुन खोजे पनि कमजोर आर्थिक अवस्थाका कारण फागुन महिनामा बढ्नुको सट्टा घट्यो । निक्षेपमा पनि क्रमिक रुपमा सुधार भइरहेको छ । कर्जा प्रवाह रोकिएकै कारण बैंकिङ प्रणालीमा तरलता प्रवाह भएको हो । यस अवधिमा बैंकहरुले कर्जा प्रवाहमा पनि खासै ध्यान दिइरहेका छैनन् ।

बैंकहरुको ठुलो कर्जा घर जग्गामा प्रवाह हुन्छ । यस वर्ष घरजग्गाको कारोबारमा पनि व्यापक मन्दी छाएको छ । यसको प्रत्यक्ष प्रभाव बाणिज्य बैंकहरुको कर्जा प्रवाहमा देखिएको छ । पुराना ऋणीहरुलाई सावा तथा व्याज भुक्तानीमै कठिन छ । अर्को तर्फ व्यवसायिक वातावरण नभएकाले नयाँ कर्जा जान सकिरहेको छैन । अहिले बैंकहरु कर्जा प्रवाहका लागि सक्षम छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS