IME Life

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पूँजी संरचना परिवर्तन गर्ने भएको छ । यसअन्तर्गत लघुवित्तले संस्थापक शेयरलाई सर्वसाधारण समुहमा अभिलेख राख्ने भएको हो । कम्पनीले १२ लाख ९० हजार ४९६ कित्ता शेयर सर्वसाधारण समुहमा अभिलेख राखी सोहि समुह अन्तर्गत कारोबार गर्न लागिएको हो ।

लघुवित्तले पूँजी संरचना परिवर्तन सम्बन्धी पत्रमार्फत उक्त कम्पनीको हालसम्म सूचिकृत कुल शेयर १ करोड २९ लाख ४ हजार ९५५ कित्ता एवं साविक संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमशः ७० र ३० प्रतिशत कायम रहेको छ । सो कम्पनीले शेयर संरचना परिवर्तन गर्न आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेखका लागि अनुरोध गरिएको छ । संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमश ६० र ४० प्रतिशतको अनुपातमा कायम गर्न लघुवित्तले १२ लाख ९० हजार ४९६ कित्ता शेयर २०८० जेठ ८ गतेदेखि सर्वसाधारण समुहमा अभिलेख राख्ने भएको हो । जसपश्चात उक्त शेयर सोहि समुह अन्तर्गत कारोबार हुनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS