IME Life New
GBIME

स्वास्थ्य बीमालाई कार्यान्वयन गर्ने पक्ष राम्रो देखिएन : मन्त्री बस्नेत

SPIL
NLIC

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्ने पक्ष राम्रो नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको भनाई छ । उनले एक कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएतापनि यसलाई प्रभावकारी ढंगले अगाडी बढाउन नसकेको बताएका हुन् ।

स्वास्थ्य बीमामा अझै पनि थुप्रै समस्या रहेको मन्त्री बस्नेत बताउँछन् । उनका अनुसार, स्वास्थ्य बीमामा र औषधिमा एकरुपता नभएको,बीमागरेको बिरामीप्रति अस्पतालहरुले दोस्रो दर्जाको रुपमा हेर्ने गरेको, र स्वास्थ्य बीमा कार्यक्रम राम्रो रहेको तर कार्यान्वयन गर्ने पक्ष त्यत्ति धेरै राम्रो नभएको उनको भनाई छ । यो विषयमा अफूले सम्बन्धित व्यक्तिहरुसँग कुरा गरेर कसरी यसलाई प्रभावकारी रुपमा अगाडी पढाउने भन्ने बारे छलफल गर्दै आएको बताए ।

Crest

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने र बजेटको आकार ठूलो बनाएर छिट्टै यसलाई टुङ्ग्याउनुपर्ने र बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने बाध्यता रहेको उनले बताए । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट भने नथपिएको मन्त्री बस्नेतको भनाई छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS