IME Life

जीवन बीमक संघको पहलमा फालियासँगको त्यो सम्मेलन जसले नेपालीलाई जापानमा बीमा सम्बन्धी तालिमको अवसर

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ को महामारीको समयमा सबै कुराहरु ठप्प थियो । सरकारले महामारी नियन्त्रणका लागि भौतिक चहलपहललाई पुर्ण रुपमा निषेध गरे पछि सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले खाली समयको सदुपयोग गर्ने क्रममा विश्वमा भइरहेका अभ्यासलाई नजिकबाट नियाली रहेका थिए । यसै क्रममा उनको आखाँ जापानको ‘फालिया: दि फाउन्डेसन फर दि एड्भान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउन्ड दि वर्ल्ड’ नामक संस्थाको वार्षिक क्यालेन्डरमा पर्यो ।

फालियाले नियमित रुपमा जापान लगायत अन्तर्राष्ट्रिय स्तरमा बीमा सम्बन्धी सेमिनार आयोजना गर्ने गर्छ । पौडेलले एउटा सेमिनारका लागि फालियामा सम्पर्क गरे । उनको पहिलो अनुरोधमै फालियाले एउटा भर्चुअल सेमिनारमा क्रमश: सहभागी गरायो । सेमिनारमा उनले बीमाको अन्तर्राष्ट्रिय अभ्यासलाई मात्रै बुझ्ने र सिक्ने मौका पाएनन् सम्बन्ध पनि बनाउने अवसर प्राप्त गरे ।  यसै क्रममा सिटिजन लाइफका थप कर्मचारीहरुलाई पनि जुम मार्फत सहभागी  हुने अवसर प्रदान गरे ।

Prabhu
Crest

त्यतिवेलाको सम्बन्धलाई अझ प्रगाढ बनाउदै पौडेलले सन् २०२२ को नोभेम्बरमा जापानको टोकियोमा आयोजना भएको तीन दिने सेमिनारमा सहभागी हुने मौका पाए । यस सेमिनारमा २५ वटा देशको प्रतिनिधित्व थियो । तीन दिने सेमिनारमा जीबन बीमाका विभिन्न विषयमा छलफल भयो । जापानिजहरुले विभिन्न कालखण्डमा जोखिमहरुलाई कसरी सामाना गरे भन्ने विषयमा अनुभव प्रस्तुत गरेका थिए । जटिल अवस्थामा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले कसरी व्यवस्थापन गर्ने र जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा सेमिनारमा छलफल  भयो ।

सेमिनार प्रोडक्ट डिजाइनदेखि लिएर बीमालाई कसरी बिस्वसिलो बनाउने भन्ने कुरामा समेत फोकस थियो । तीन दिनको सेमिनारका दौरानमा पौडेलले जापानको अनुभवलाई नेपालमा लैजानु पर्छ भन्ने सोच बनाए । सोही क्रममा उनले जापानको जीवन बीमक संघका पदाधिकारीहरु सँग समन्वय गर्दै जीवन बीमक संघ नेपाल र नेपाल बीमा प्राधिकरणसँग पनि छलफल  गरे ।

यसै क्रममा उनले जापानको जीवन बीमक संघका उपाध्यक्ष हिरोसी कनाईसँग राम्रो सम्बन्ध बनाए । फालियाका महाप्रवन्धक र जापानको जीवन बीमक संघका अध्यक्षलाई उनले नेपालमा पनि यस्तो कार्यक्रम गर्न चाहेको भन्दै प्रस्ताव गरे ।

उनले सेमिनार आयोजना गर्ने विषयमा मात्रै अनुरोध गरेनन् जीवन बीमक संघ नेपालसँग साझेदारी गरेर अगाडी बढ्नका लागि प्रस्ताव समेत पेश गरे । सोही सेमिनारमा सहभागी कोरिया लाइफ इन्स्योरेन्स एसोसिएसनका जीएम र श्रीलङ्काको लाइफ इन्स्योरेन्स एसोसिएसनका  अध्यक्ष सँग पनि सहकार्य गरेर अगाडी बढ्नका लागि छलफल गरे । पौडेलले कोरिया र श्रीलङ्काका जीवन बीमक संघका अध्यक्षसँग नियमित सम्पर्क गर्दै आइरहेका छन् ।

यसरी अनौपचारिक रुपमा भएको संबाद अन्तत औपचारिक रुपमा अगाडी बढ्यो । जापानको जीवन बीमक संघका उपाध्यक्ष र फालियका महाप्रवन्धक सहित ५ जनाको उपस्थितिमा नेपालको क्राउन इम्पेरियलमा गएको बैशाख १२ गते एक दिने  जापान नेपाल टप लेवल ब्वास्थापन सेमिनार समेत सम्पन्न भइसकेको छ । यस सेमिनारले जीवन बीमक संघको मात्रै उचाइ बढेन नेपालका सम्पुर्ण जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहका कर्मचारीहरुले जापानका प्रतिनिधिहरुले दिएका प्रस्तुतीबाट धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरे ।

कार्यक्रममा जापानको जीवन बीमक संघका उपाध्यक्ष रोशि खनाइ, संघको विदेश मामिला प्रमुख र फालियको तर्फबाट तीन जनाको उपस्थित रह्यो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समेत यस किसिमको सेमिनारले जापानबाट नेपालले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको भन्दै संबोधन गरेका थिए ।

सेमिनामारमा भएको प्रस्तुतिकरण र नेपाल जापान विचको समिक्षा

कार्यक्रममा तीनजना जापानिज प्रशिक्षकले  तिन वटा बिषयमा प्रस्तुति दिएका थिए । सेमिनारको प्रथम सेसन “Challenges of Life Insurance Industry in a Rapidly Changing Business Environment” विषयमा जापानको जीवन बीमक संघका उपाध्यक्ष हिरोशि खनाइले प्रस्तुति दिएका थिए।  जापान र नेपाल विच धेरै कुराहरुमा समानता रहेको पाइन्छ । भुकम्पको जोखिमका हिसावले जापान र नेपालमा समानता छ । भुकम्पमा कसरी जोखिम न्युनिकरण गर्ने कसरी सुरक्षित हुने र यसका लागि बीमा पोलिसी कसरी तयार पार्ने भन्ने कुरामा जापान सँग सिक्न सकिन्छ । जापान र नेपाल विचमा अतिथी सत्कासका विषयमा समानता पाइन्छ ।

जापानको स्थानीय स्तरमा बनेका कतिपय पोलिसीहरु नेपालमा पनि समान छन् । बीमामा सरकारले समेत ठुलो फण्डिङ गर्ने भएकाले नेपालको भन्दा जापानको बीमा क्षेत्र धेरै माथि छ । नेपाल र जापान विचमा अहिले तत्काल म्याचिङ नगर्ने विषय जनसंख्याको उमेर समुह हो । जापानमा पाका उमेरका मानिसहरुको संख्या अधिक छ साथै जनसंख्याको बृद्धिदर नकारात्मक छ ।

नेपालको सन्दर्भमा जनसंख्या अझै पनि बढ्दो दरमै छ तर नेपालमा पनि विस्तारै जनसंख्याको बृद्धिदर घट्दै जाने संकेत देखिइसकेका छन् । अहिलेका युवाहरुको सोचमा परिवर्तन आइरहेकाले बच्चा जन्माउने दरमा धेरै कमि आउने देखिन्छ । अर्को तर्फ नेपालमा ठुलो संख्यामा युवा वर्ग पलायन भइरकेको छ ।

अवको तिस वर्ष पछि नेपालको जनसंख्याको संरचना पनि जापानकै लयमा अगाडी बढ्ने आकलन गरिएको छ । जापानले अहिले युवा जनसंख्या कम भएको अवस्थालाई जसरी सामना गरिहेको छ भोलिका दिनमा नेपालले पनि सामाना गर्नु पर्छ ।  त्यो अवस्थालाई अहिलेदेखिनै ध्यानमा राखेर जोखिम व्यवस्थापन गर्न सकियो भने धेरै सहज हुने जापानिजहरुको सुझाव थियो ।

सेमिनारको दोश्रो सेसन “Changes of Life insurance industry in Japan and Suggestions for Life Insurance Industry  in Nepal.” विषयमा जापानको जीवन बीमक संघका विदेश मामिला प्रमुख, तौगो कमाताले प्रस्तुति दिएका थिए।

भुकम्पकै सन्दर्भमा पनि जापान सँग नेपालले भौतीक संरचनाको निर्माणमा धेरै कुराहरु सिक्न सक्छ । अर्को तर्फ बीमा कम्पनीहरुले तयार पार्ने पोलिसीहरुमा पनि सिक्न सक्छ । पोलिसी भित्र दुर्घटना र स्वास्थ्य उपचारका स्किमहरु जोड्न सकिन्छ ।

जापान र नेपालका बीमा पोलिसीमा खासै धेरै भिन्नता देखिदैन । दुबै देशले भुकम्पको जोखिम बहन गर्दा दुर्घटना, मृत्यु र स्वास्थ्य उपचारका सुविधा समावेश गर्ने गरेका छन् । जापानमा एक्चुरियल रिसोर्स धेरै छ । यसले गर्दा प्राइसिङ गर्ने क्रममा धेरै तरिकाबाट मूल्याङ्कन हुन्छ । तर नेपालमा त्यस्तो अबस्था छैन । आफुले नियुक्त गरेको बाह्य एक्चुरीमा सिमित कामको लागी भर पर्ने बाहेक प्रोडक्ट डिजाइनमा अधिकतम एक्चुरियल रिसोर्स प्रयोग गर्न सक्ने अवस्था छैन ।

जापानमा कतिपय सेवा सुविधा सरकार आफैले उपलब्ध गराउदै आएकोले गर्दा सरकारबाट कभर हुने जोखिमलाई बीमामा समावेश गरिदैन । जसले गर्दा प्राइसिङमा धेरै फरक पर्न जान्छ । जस्तै नेपाल सरकारले दिने बृद्धभत्ताबाट आफुलाई पुग्छ भन्ने लाग्यो भने बीमा पोलिसी आवस्यक पर्दैन । तर सरकारले दिएको बृद्धभत्ताले आफ्नो जीवन सञ्चालन गर्न पुग्दै भन्ने लाग्यो भने अहिलेदेखि नै पेन्सन प्लान लिदा उपयुक्त हुन्छ ।

सरकारले आधारभुत रुपमा दिने सेवा सुविधाले आफुलाई पुग्दैन भन्ने लाग्यो भने बीमामा उत्तम विकल्प हो । त्यस्तै अझै पनि जापान र नेपालको बचन गर्ने बानिमा अवस्थामा धेरै समानता छ । खासमा प्राकृतिक विपदबाट त्रसिद मुलुकका जनता बचतमा जोड दिन्छन् ।

तर पछिल्ला दिनमा जापानमा सावधिक जीवन बीमाको हिस्सा विस्तारै घट्दै गइरहेको छ । २०/३० वर्ष अगाडी जापानमा पनि बीमा कम्पनीहरुमा सावधिक जीवन बीमाको हिस्सा अहिले नेपालकै जस्तै थियो । बीमा सम्बन्धी रणनीति बनाउदा नेपाल सरकारले दिएका प्राथमिकताका क्षेत्र, ग्राहकको माग र बस्तुस्थिती हेरेर अगाडी बढ्नु पर्ने उनिहरुको सुझाव छ ।

कर छुट तथा अवकास कोषको रुपमा मान्यता

जापानमा सरकारले करका सुविधाहरु दिन थाले पछि बल्ल बीमाको पहुँच बढेको थियो । त्यसैले उनिहरुले बीमाको पहुँच बढाउन आम मानिसहरुलाई कर छुटका स्किम ल्याएर आकर्षित गर्नु पर्ने सुझाव दिदै आएका छन् ।

जापानले एक लाख २० हजार डलरसम्मको कर छुट पाउने सुविधा छ । कर छुटले नै बीमा प्रति आकर्षित गर्ने उनिहरुको बुझाइ छ । जापानले आजिबन प्रकृतिको योजनाको जिबन बीमा गर्ने कम्पनीहरुलाई पनि कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष तथा सामाजिक सुरक्षाकोषको जस्तै अवकाश कोषको सरह मान्यता प्रदान गर्छ । बीमालाई पनि एउटा कोषकै रुपमा मान्यता दिएर कर्मचारीहरुलाई बीमा कम्पनीहरुको योजनामा प्रोत्साहित गरिएको छ ।

जापानले आजिबन साविधिक जीवन बीमालाई रिटायर्ड फण्डको रुपमा मान्यता दिएकाले कम्पनीहरुलाई काम गर्न धेरै सजिलो छ । कुनै वेला नेपालमा पनि बैंकमा जम्मा गरिएको ग्र्याचुटीलाई कोष सरह मान्यत हुन्थ्यो । अहिले सामाजिक सुरक्षा कोषमा अनिवार्य उपस्थित हुनै पर्छ ।

जापानमा सबै बीमा पोलिसीमा यस्तो मान्यता हुँदैन । जसले कोष व्यवस्थापनको फिचर सहित अर्थात अवकास कोषको काम गर्ने गरी अनुमिति पाएका हुन्छन् त्यस्ता बीमा कम्पनीले मात्रै मान्यता पाउने गरेका छन् । अवकास कोष मिश्रीत योजना गरिद गर्नेले सरकारका कुनै पनि कोषमा पैसा जम्मा गर्नु पर्दैन । यस्तो अभ्यास जापानमा मात्रै होइन विश्वका धेरै देशमा छ ।

जोखिमको कभरेज गर्ने जापानिजको अभ्यास

जापानको जनसंख्या १२ करोड रहेको छ नेपालमा जम्मा तीन करोड छ । नेपालको भन्दा जापानको जनसंख्या चार गुणा बढि छ । तर जीवन बीमा शुल्क २५० गुणाले बढि छ । नेपालमा तीन करोड मध्ये एक करोडले मात्रै बीमा पोलिसी खरिद गरेका छन् । तर जापानमा १२ करोड जनसंख्याले औषतमा पनि ६/७ वटा पोलिसी खरिद गरेका छन् । अर्को कुरा नेपालको तुलनामा जापानका जनताले खरिद गर्ने बीमा पोलिसीको बीमाङ्क पनि धेरै हुने भएकाले बीमा शुल्क आर्जनमा धेरै अन्तर देखिएको हो ।

नेपालमा कसैलाई बीमा गर्नु भयो भने मैले बीमा गरिसकेको छु भन्ने जवाफ पाइन्छ । उसलाई आफुले कुन कुन सुबिधा भएको पोलिसी खरिद गरेको छु भन्ने धेरै लाई थाहा हुँदैन । जोखिम के के बहन हुन्छ भन्ने पनि थाहा हुँदैन । तर जापानमा आफ्नो जीवनमा आइपर्ने सम्पुर्ण जोखिमलाई कभर गर्ने गरि धेरै वटा पोलिसी खरिद गरिन्छ ।

जापानमा सबै किसिमका जोखिम कभर हुनु पर्छ भन्ने मान्यता छ । एउटा सर्भे अनुसार तपाईले किन सबै पोलिसी खरिद गर्नु नभएको भन्ने प्रश्न गर्दा पोलिसी खरिद गर्न नसकेको भन्दै जवाफ दिएका थिए । सबै सँग पैसा तथा क्षमता हुँदैन । सक्नेले सावधिक र नसक्नेले आवधिक बीमा पोलिसी खरिद गर्ने अभ्यास छ । जापानमा बीमा भित्र विविधता छ तर नेपालमा अझै पनि बीमा भित्र विविधता कम छ ।

सेमिनारको तेश्रो सेसन Sustainability management of life insurance company.”  विषयमा फालिया जापानका मेनेजिंङ डाइरेक्टर , मासायुकी तानाकाले प्रस्तुति दिएका थिए । यस बिषयमा जिबन बीमा कम्पनी कसरी स्थिरता हुने गरि ब्वस्थापन गर्ने भन्ने प्रस्तुति भएको थियो ।

जापानले दोस्रो विश्व युद्दमा ठुलो क्षति ब्यहोर्यो । समय समयमा इकोनोमिक अवस्था तल माथि भयो । जापानको शेयर बजार सन् असिको दसकमा सर्वाधिक माथि पुगेको थियो । त्यस पछि लगातार गिरावट हुने क्रममा २००१ मा सर्वाधिक तल झर्यो । जापानिजहरुले अर्थतन्त्रमा हुने उचारचढावलाई लिएर धेरै चिन्ता व्यक्त नगरी सहज रुपमा लिनु पर्ने बताउछन् ।

उनिहरुले नेपालीहरुलाई पनि अर्थतन्त्रमा आउने उतारचढावलाई जापानको इतिहासलाई हेरेर दिगो रुपमा अगाडी बढ्न सुझाव दिएका छन् । उचारचढावबाट कसरी सजग हुने र स्थिरता ल्याउने भन्ने कुरालाई जापानिजहरुले आफ्नो प्रस्तुती दिएका थिए । दिगो विकासमा तीन वटा महत्वपुर्ण पक्षको भुमिका रहने भन्दै जापानिजहरुले प्रस्तुती थियो । दीगो विकासका लागि बीमाको त्रिकोणात्मक भुमिका रहने उनिहरुको विश्लेषण रहेको छ ।

विश्वमा बीमा कम्पनीहरुले ५ ट्रिलियन अमेरिकी डलर बीमा शुल्क संकलन गर्ने गरेका छन् । यस मार्फत विश्वमा ३० ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्तीको जोखिम सुनिश्चित हुने गरेको छ । त्यसैले दीगो विकासमा बीमा, जोखिम व्यवस्थापक र लगानीकर्ताको त्रिकोणात्मक भुमिका रहने जापानिजहरुको विश्लेषण छ । यसमा बीमाको भुमिका, जोखिम व्यवस्थापकको भुमिका र लगानीकर्ताको भुमिकालाई उल्लेख गरिएको थियो । बीमालाई व्यवस्थापन गरेर अगाडी बढाउने हो भने जोखिम हस्तान्तरण मार्फत दीगो विकासमा सहज हुने उनिहरुको विश्लेषण छ ।

नेपालीलाई फालिया जापानको सेमिनारमा सहभागिताको लागि पहल र जीवन बीमक संघहरु विचको आगामी सहयात्रा

जापानबाट धेरै कुराहरु सिक्न सकिन्छ । जापानको जीवन बीमक संघले नेपालको जीवन बीमक सँग एकबद्धता गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ । जापानको जीवन बीमक संघ स्थापना भएको एक सताब्दी भन्दा लामो समय भइसकेको छ । जापानमा २४ वटा जीवन बीमा कम्पनीहरु छन् । उनिहरु सँग धेरै अनुभव छ । त्यस्तै फालियाले पनि आगामी दिनमा नेपाल सँग थप सहकार्य गर्दै अगाडी बढ्ने सहमति भएको छ । यस्तो सम्बन्ध पछि नेपालले आगामी दिनमा जापान सँग अझै धेरै सिक्ने मौका पाउनेछ । फालिया जापानका मेनेजिंङ डाइरेक्टर , मासायुकी तानाकाले समेत सेमिनारको प्रस्तुतिको क्रममा नेपालका बीमा कर्मीहरु लाई जापानमा हुने तालिम तथा सेमिनारमा सहभागी हुन अनुरोध गरे  । आगामी दिनमा जापानमा हुने तालिम तथा सेमिनारमा नेपालीहरुको सहभागीताको लागि जीवन बीमक संघ नेपालले समन्वय गर्ने पौडेलले बताए ।

जापानमा सन् २०२२ को नोभेम्बर सम्पन्न भएको कार्यक्रममा चार वटै मुलुकका बिमक संघहरु विच मौखिक रुपमा एक आपसमा समन्वय गरेर अगाडी बढ्ने विषयमा सहमति पनि भएको थियो । यस कार्यक्रममा दक्षिण एशियाबाट नेपाल सहित श्रीलङ्का र पाकिस्तानको पनि सहभागिता थियो ।

यसै गरि दक्षिण कोरिया जीवन बीमक संघका जीएम एस चोन र श्रीलङ्का बाट  संघका  प्रतिनिधि श्री आर. रंगनाथान, अध्यक्ष, सिलिकोन लाइफ संग पनि आपसी सहकार्य गर्ने गरि कुराकानी भएको पौडेलले बताए । एक आपसमा सुरुका केहि तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु जुमबाटै आयोजना गरि सम्बन्धको सुरु गर्ने विषयमा आपसी सहमति पनि भइसकेको छ । निकट भविष्यमा अन्य देशहरुका जीवन बीमक संघ सँग पनि सहकार्य गरि नेपालको आवस्यकता अनुसारका थप कार्यक्रम हुने अध्यक्ष पौडेल बताउछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS