IME Life
GBIME

नयाँ पोलिसी बिक्री गराउन पुरानो पोलिसी सरेण्डर गराउनु गलत हो, अभिकर्ता संघका अध्यक्ष अधिकारीसँगको अन्तर्वार्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघ नेपालले नयाँ अध्यक्ष सहित नयाँ कार्यसमिति पाएको छ । दुई लाख भन्दा धेरै अभिकर्ताहरुको प्रतिनिधि संगठन आफैमा शक्तिशाली मानिन्छ । यो संघठन जति बलियो हुनु पर्ने थियो त्यति धेरै बलियो र शशक्त छैन । निर्वाचन प्रकृयाँबाट नयाँ कार्यसमितिमा केदारनाथ अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनको काधमा दुई लाख अभिकर्ताको प्रतिनिधित्व गर्ने र सबैको आवाजलाई प्रतिनिधिको रुपमा अगाडी सार्नु पर्ने जिम्मेवारी छ । उनै अधिकारी सँग इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अभिकर्ता संघको नेतृत्वमा लामो समयदेखि स्थापित समुहलाई पराजित गरेर कसरी जित हासिल गर्नु भयो ?

Crest

चुनावी प्रकृयाँमा अगाडी बढिसके पछि सबैको जित्नु पर्छ भन्ने सोच हुनु स्वभाविक हो । यहाँ भोट जिन्ने भन्दा पनि मन जित्ने भन्ने कुरा महत्वपुर्ण थियो । मैले दुई चार महिना अगाडीदेखिनै अध्यक्षको लागि सोच बनाएको थिए । साथिहरु विचमा सर्वसम्मत रुपमै अगाडी बढौ भनेर प्रयास भएको थियो । सर्वसम्मतको प्रयास सफल हुन सकेन । त्यस पछि मतदान प्रकृयाँबाटै यसलाई टुङ्ग्याउनु पर्छ भन्ने टुङ्गोमा पुगियो । साथिहरुको माया, विश्वासले गर्दा राम्रै फरक मतले जितियो । मेरो पेशा र संघठन प्रतिको विश्वास हो भन्ने लाग्छ ।

चुनाव प्राविधिक प्रकृयाँ हो । अव तपाईहरु सँग प्रतिस्पर्धामा उत्रिनु भएकालाई कसरी सँग सँगै अगाडी बढाउनु हुन्छ ?

सँग सँगै लैजाने भन्ने सवालमा, प्रकृयाँगत हिसावले भोटिङ भयो । केहि बढि मत ल्याउने अध्यक्ष भयो । केहि कम मत ल्याउने बाहिर बस्नु पर्यो भन्ने भनाइ मात्रै हो । जो साथिहरुल जित्न सक्नु भएको छैन । उहाँहरु सँग हाम्रो सम्बन्ध एकदमै राम्रो छ । सहकार्य पहिलाको जस्तै हुन्छ । हामीमा हारेको र जितेको भन्ने अनुभव गराउदिन भन्ने मलाइ लागेको छ । उहाँहरुमा पनि त्यस्तो सोच छैन भन्ने मलाई लागेको छ । काम उहाँहरु सँगै मिलेर गर्ने हो ।

चुनावका क्रममा तपाईले अभिकर्ता साथिहरु माथ के कस्तो प्रतिवद्धत व्यक्त गर्नु भयो । जसले गर्दा तपाईले यो जित हासिल गर्नु भयो ?

जित्नका लागि अगाडी बढिसके पछि मैले असम्भव हुने र मैले यस्तो गर्छु उस्तो गर्छु भनेर कुनै पनि किसिमको प्रतिवद्धता व्यक्त गरेको छैन । तर मैले के प्रतिवद्धता व्यक्त गरेको छु भने, सच्चा इमान्दार, कर्तव्यनिष्ठ भएर, संघठनको मर्म भावनालाई नकुल्चिने गरि काम गर्ने छु । भर्खरै बीमा नियमावली प्रस्तावित छ । त्यसमा हाम्रा हक अधिकारका कुराहरु, बीमा प्राधिकरणले हामीलाई राख्ने अनुसूचीका कुराहरु, सेवा सुविधा लगायतका हरेक कुराहरुमा बीमा प्राधिकरण सँग सहकार्य हुन्छ । बीमा प्राधिकरणका अध्यक्ष सँग बसेर कुराकानी तथा भेटघाट पनि गरिसकेका छौ । उहाँले हामीहरु सँग ‘तपाईले दिनु पर्ने कुराहरु हामी लिन्छौ र दिनु पर्ने कुराहरु दिन्छौ’ भन्नु भएको छ । मिलेर जाऔं । हामी एउटै डुङ्गाका यात्रु हौ भन्नु भएको छ । नियमावली बन्दै छ । यसमा सहकार्य गर्नुहोस् भन्नु भएको छ ।

अभिकर्ता पेशालाई मर्यादित बनाउन तपाईले के कस्तो योजना बनाउनु भएको छ ?

पहिलो कुरा यो पेशा आम मानिसहरु माझमा नराम्रो त छैन तै पनि यदाकदा साना तिना घटनाहरुले यो पेशामा केहि गडबढी गर्ने रहेछन् भन्ने यदाकता पर्ने गरेको भन्ने आभाव भएको छ । चामलमा विया भने जस्तै वकिल, डाक्टर इन्जिनियर लगायत हरेक पेशामा विक्रिति रहेको हुन्छ । यसलाई लिएर पुरै पेशाकै दोष हो भन्न मिल्दैन । तै पनि दृष्टिकोणमा थोरै सकारात्मक ल्याउनका लागि हामी बढि इमान्दार, मर्यादित र हामीले गर्ने व्यवहारहरु चुस्त दुरुस्त हुनु पर्छ भन्ने कुरामा म साथिहरुलाई गाइड गर्छु । पक्कै पनि भोलिका दिनमा राम्रो हुन्छ ।

संघको अधिवेशनमा धेरै जना अभिकर्ताले बीमा ऐनमा भएको एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीले काम गर्न पाउने व्यवस्थालाई खुलेर विरोध गरे । उहाँहरुको मागलाई कसरी अगाडी बढाउनु हुन्छ ?

एक कम्पनी एक अभिकर्ता हुनु हुन्न भन्ने सवालको मुद्दा सुरुमै पेशागत बीमा अभिकर्ता संघले उठाएको मुद्दा हो । यो मुद्दा पटक पटक टेबुल भएको र यसलाई सच्याउनु पर्छ भन्दै तत्कालिल बीमा समिति सँग एक किसिमको सहमति भएको थियो । त्यो हुँदा हुँदै पनि एक कम्पनी एक अभिकर्ताको विषय पारित भएर आयो । आइसकेको हुँदा यहाँ प्राविधिक समस्या छ । नआइउदैको समयमा सच्याउन सहज थियो । २०४९ को बीमा ऐन मुस्किलले ३० वर्ष पछि करेक्सन भएको छ । यदि ऐनमा तोकिएको हुन्थेन र ‍नियमावली आएको भए साहेक धेरै हदसम्म करेक्सन गर्न सम्भव थियो । तर विधायिका संसदमै लगेर पारित गर्नु पर्ने भएकाले सहज पक्कै पनि छैन । यसमा साथिहरुको भावनालाई हामीले कदर गर्नु पर्छ । यो आफैमा हामीले नचाहेको विषय हो । तथापी यो आइसक्यो । अवका ऐन संसोधनमा यसलाई जोडदार र अग्रणी मुद्दाको रुपमा राख्छौ । हामी यसलाई संसोधनको पहल गरिराख्छौ ।

अहिले तत्काललाई म संघठनको अध्यक्ष भएको नाताले म यसलाई परिवर्तन गरिहाल्छु भनेर म प्रतिवद्धता दिन सक्दिन । किनभने यो प्राविधिक विषय हो र लामो समय लाग्छ । प्रकृयाँ पनि घुमाउरो छ । साथिहरु सबैले धैर्य गरौ । जव अर्को पटक संसदमा जान्छ तव प्राधिकरणलाई कन्भिन्स गराएर फेरबदल गर्ने कुरा गरौला ।

वास्तवमा हामी पनि बिक्रेता हो । कम्पनीका प्रोडक्टहरु हामीले बिक्री गर्ने हो । हामी सँग सम्बन्धित ग्राहकले मलाई फलानो कम्पनीको फलानो योजना मन परेको थियो तपाईले दिन सक्नु हुन्छ भन्यो भने अव हामी बञ्चित भयौ । बिक्रेताले स्वतन्त्र हिसावले बिक्री गर्ने व्यापारिक हक बन्देज भएको छ ।

हिजोका दिनमा सबै कम्पनीमा काम गर्न पाउने अवस्थाबाट आज एउटा मात्रै कम्पनीमा अभिकर्ताको काम गर्न पाउने व्यवस्थाले के कस्ता जटिलता सिर्जना गरेको छ ?

यो विषय तत्कालिन बीमा समिति र अहिलेको प्राधिकरणको बुझाइमा समस्या भाको हो । हामीले उहाँहरुलाई कन्भिन्स गराएको हो । केहि हदसम्म यसमा सकारात्मकता आएको थियो । एउटा एयरबसको टिकट बिक्री गर्ने एजेन्सीले एउटा मात्रै एयरबसको टिकट बिक्री गर्न पाउनु पर्छ भनियो भने त्यो व्यवहारिक नहोला । एजेन्सी भइसके पछि उ खुला एजेन्सी हुन्छ । उसले खुला रुपले आफ्नो बिक्रीको शिप प्रयोग गर्छ । व्यापार गर्छ र व्यापार गर्न पाउछ ।

वास्तवमा हामी पनि बिक्रेता हो । कम्पनीका प्रोडक्टहरु हामीले बिक्री गर्ने हो । हामी सँग सम्बन्धित ग्राहकले मलाई फलानो कम्पनीको फलानो योजना मन परेको थियो तपाईले दिन सक्नु हुन्छ भन्यो भने अव हामी बञ्चित भयौ । बिक्रेताले स्वतन्त्र हिसावले बिक्री गर्ने व्यापारिक हक बन्देज भएको छ । त्यो सवालको विषय हो । यदि यहि हिसावले बुझाइ भएको भए एक कम्पनी एक अभिकर्ता भन्ने अवधारणा आउने थिएन होला । बुझाइमा फरक परेकै हो । हामी पनि कतै चुक्यौ कि भन्ने लाग्छ । तै पनि हामी विश्वासमा भयौ ।

अभिकर्ताको न्युनतम योग्यता एसएलसी मात्रै तोकिएको छ । यस्तो व्यवस्थाले गर्दा बजारमा जस्तासुकै व्यक्तिहरु आउन सक्ने भए । अव तपाईहरुले यस्ता अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि के गर्ने योजना बनाउनु भएको छ ?

जव बीमा ऐन आयो त्यतिखेर बीमा बजार पनि साघुरो थियो । नेपालको परिवेशमा विकट जिल्लाहरुलाई समेत हेर्दा एसएलसीको योग्यता पनि दुर्लभ दुर्लभ थियो । त्यतिवेला एसएलसी पनि महत्वपुर्ण शैक्षिक योग्यता थियो । अहिले आएर प्लस टु आधारभुत भइसक्यो । यसमा हाम्रो खासै आपत्ती छैन । यसले योग्यतामा बृद्धि गर्छ । बीमा ऐनमा प्लस टु भन्ने सवाल आएको छ यो ठिकै पनि हो । एसएलसी लगत्तै यो क्षेत्रमा आउदा उनिहरुमा परिपक्वता हुँदैन ।

बिक्रीमा एउटा महत्वपुर्ण कुरा के हो भने मिटिङ मिटिङ बराबर इनकम इनकम इनकम भन्छ । तपाई जति धेरै मिटिङ गर्नु हुन्छ त्यति धेरै आम्दानी गर्न सक्नु हुन्छ । बिक्री गर्ने पेशा व्यापार गर्ने क्षेत्र हो । अहिले जति कम्पनीमा अभिकर्ताहरु स्किलफुल छन् उनिहरुले धेरै बिक्री गर्छन् । उनिहरुले ट्रेडिङमा विश्वास गर्छन् । हामीले प्राधिकरणका अध्यक्ष ज्यू सँग पनि कुरा गरेका छौ । कतिपय कम्पनीहरुका साथीहरु सँग व्यापारको राम्रो स्किल तथा गुण छ । हामी उहाँहरु सँग छलफल गरेर त्यसलाई प्रयोग गर्छौ ।

स्वस्थ हिसावले बीमा बिक्री गर्नु पर्छ । इमान्दार हिसावले बिक्री गर्नु पर्छ । बीमा एक पटकको लागि होइन । त्यो अवधिसम्मको लागि बिक्री गर्नु पर्छ । सेवा दिने गरी बिक्री गर्नु पर्छ । नकी बिक्री गरेर छाड्नका लागि होइन । बीमितको क्षमता अनुसार, स्वास्थ्यको अवस्था हेरेर बिक्री गर्नु पर्छ ।  यो सबै कुरामा साथिहरुलाई जानकारी गराउछौ । व्यवसाय मात्रै पाए हुन्छ भन्ने हिसावले काम भएका हुन सक्छन् । हामी विस्तारै अभियान मार्फत यसलाई करेक्सन गर्छौ ।

अन्य पेशा व्यवसायमा भन्दा बीमा क्षेत्रको विकृति अत्यन्तै नगन्य र न्युन छ ।

तपाईले यस्तो भन्दै गर्दा अभिकर्ताकै कतिपय हर्कतले गर्दा बजारमा साख गिरिरहेको हुन्छ । अव तपाईले अभिकर्ताको साखलाई उच्च बनाउन के गर्न सक्छौ ?

अभिकर्ता आफै इमान्दार हुनु पर्छ । तपाईको इज्जत राख्ने तपाईहरुले नै हो । मेरो इन्जन मैले आफै राख्ने हो । साख बढाउने आफ्नो व्यवहार, आचरण, कार्यशैलीले हो । हामी जे काम गर्छौ इमान्दारीपुर्वक गरौ । नियम कानुनलाई पालना गरेर काम गर्नु पर्छ । नियमानकारी निकाय बीमा प्राधिकरणले जारी गरेका नीति नियमलाई अक्षरस पालना गरौ । एक पटकका लागि होइन सधैका लागि बीमा गराऔं । अस्वस्थ व्यक्तिहरुलाई बीमा नगराऔं ताकी छिट्टै दाबी भुक्तानी गर्न नपरोस् । आम्दानीका कारण पोलिसी छाड्न नपरोस् । बीमा पोलिसी बिक्री गरे पछि पोलिसी परिपक्व नभएसम्म सेवा दिन सक्नु हुन्छ कि सक्नु हुन्न ? सोचेर पोलिसी बिक्री गर्नुहोस् ।

सबैले मर्यादाको उल्लङ्घन गरेको भन्ने कुरालाई म मान्दिन । एउटा डाक्टरले अप्रेसन गर्ने क्रममा कसैको मृत्यु भयो भने सम्पुर्ण डाक्टरहरु खराव हुन भनेर भन्न मिल्दैन । हरेक क्षेत्रमा छिटपुट घटना हुन्छन् । एउटा कर्मचारीले नियमतवस वा अन्जानमा काम गर्दा भ्रष्टाचारमा प्रमाणित भयो भने सबै कर्मचारी बदमास भन्न भएन नि । अभिकर्ताको पेशामा यति हुनु स्वभाविक पनि हो । अन्य पेशा व्यवसायमा भन्दा यस क्षेत्रको विकृति अत्यन्तै नगन्य र न्युन छ ।

अभिकर्ताहरुले निर्जीवन बीमा कम्पनीमा खासै ध्यान दिदैनन् । निर्जीवन बीमा क्षेत्रमा पनि अभिकर्तालाई आकर्षित गर्न के गर्नु पर्छ ?

जीवन बीमाको कमिशन तथा प्रतिफल अलि दीर्घकालिन छ । अन्य देशहरुमा आजीवन रहेको छ । भारतमा २० वर्षे ३० वर्षे बीमा पोलिसी बिक्री गर्यो भने २०/३० वर्षसम्मै कमिशन प्राप्त गर्छ । हाम्रोमा जति सुकै अवधिको बीमा पोलिसी बिक्री गरे पनि १० वर्ष भन्दा धेरै पाइदैन । निर्जीवनमा एक पटक मात्रै पाइन्छ । त्यसमा पनि ५ प्रतिशत मात्रै कमिशन पाइन्छ । कमिशन १५ प्रतिशतबाट ५ प्रतिशतमा घटाइएकाले अभिकर्ताको आकर्षण घटेको हो । अझै पनि साथिहरु निर्जीवन बीमा क्षेत्रमा हुनुहुन्छ । हाम्रो छाता संघठन पनि जीवन र निर्जीवन सबै कम्पनीको हो । मलाई लाग्छ साविकको जस्तै ५ प्रतिशतलाई १५ प्रतिशतमा पुर्याउने हो भने त्यतापट्टीको लगाम पनि पहिला जत्तीकै हुन्छ । ‍

बीमा प्राधिकरण र अभिकर्ता संघ विचको दुरी एकदमै लामो देखिन्छ । जति अन्य क्षेत्रको आवाज बाहिर आइरहेको छ ति धेरै अभिकर्ताको आउन सकेको छैन । के कारणले यि दुई संस्थाहरु विचमा दुरी बढिरहेको छ ?

दुरी छैन । यस भन्दा अगाडीको कार्यसमितिमा म महासचिव थिए । सहकार्य नभएको होइन भइरहेको हो । सोचेजस्तो कम भएको होला । तथापी विगतमा बैंकास्योरेन्स, बैंकले नै बीमा पोलिसी बिक्री गर्ने आवस्था आयो । बीमा अभिकर्ताको पकेट एउटा व्यवसायको रुपमा रहेको छ । यो धेरै देशमा रहेको छ । हाम्रोमा बैंकास्योरेन्स मार्फत पोलिसी बिक्री गर्ने मिल्ने व्यवस्था अलि चाढो भयो ।

आम सर्वसाधारणमा बीमा प्रतिको जनचेतना आइसकेको छैन । बीमा मेरो लागि हो । जसले बीमा गरिदिए पनि मेरो लागि गरिदिएको हो । यो बीमा मैले परिपक्व गर्नु पर्छ । मैले बीमा शुल्क भुक्तानी नगरेमा मैले दाबी भुक्तानी, बीमालेख धितोकर्जा पाउदिन भन्ने कुराको जानकारी आम मानिसमा छैन ।

प्राधिकरण टाढाको संस्था होइन । हाम्रो लागि जरुरी र नजिकको अभिभावक संस्था हो । अभिभावक सँग सम्बन्ध नराम्रो हुनु राम्रो होइन ।

आम मानिसमा यस्तो किसिमको जनचेतना नभएको अवस्थामा जनचेतना दिने अभिकर्ताले हो । बैंकले आफ्ना ऋणीलाई यति बराबरको पोलिसी खरिद गरिदिनु पर्यो भन्याभरमा बीमा हुन्छ । बैंकले बीमा बिक्री गरिदिन्छ छाडिदिन्छ । तर बीमितले तिर्दैन । त्यसै कारणले बैंकास्योरेन्स ठिक छैन भन्यौ । पहल गर्यौ । तत्कालिन बीमा समितिले नेपाल राष्ट्र बैंक सँग पहल गरेर बन्द गर्यो । तत्कालिन समयमा बीमा समितिमा अभिकर्ताको घटेको इन्सेन्टिभ बढाउने कुरामा हामीले राम्रो सँग सहकार्य गर्यौ र बढाउन सफल भयौ । बीमा प्राधिकरण सँग सम्बन्ध विग्रिएको होइन । म अध्यक्ष भइसकेको छु । मैले अझै राम्रो सम्बन्ध बनाउने छु । प्राधिकरण टाढाको संस्था होइन । हाम्रो लागि जरुरी र नजिकको अभिभावक संस्था हो । अभिभावक सँग सम्बन्ध नराम्रो हुनु राम्रो होइन । दुरगामी निकास फराकिलो निकास र सोच ल्याउदैन । उहाँहरु सँगको सम्बन्ध एकदम नजिक हुन्छ । सधै हुन्छ राम्रो हुन्छ । अझ राम्रो गराउने प्रयास गर्छु । प्राधिकरण सँग राम्रो सम्बन्ध बनाएर बीमा नियमावलीदेखि लिएर अभिकर्ताको हकहितहरुलाई सुरक्षित गर्ने मेरो उद्देश्य रहेको छ ।

तपाई आफै लामो समयदेखि संघको नेतृत्वमा हुनुहुन्छ । लाखौ करोडौं रुपैयाँ आम्दानी गर्ने अभिकर्ताको संघ भने किन आर्थिक रुपमा बलियो हुन सकेन ?

सहि कुरा हो । यसमा रह्यो के भने साथिहरुले व्यक्तिगत हिसावले व्यवसायमा खटेर लागेर अहोरात्र जीन्दगी नै अर्पण गरेर लाखौ करोडौ कमाउनु हुन्छ । त्यो स्वभाविक कुरा हो । यो कुनै पनि व्यवसायमा पैसा कमाइन्छ । जीन्दगीनै सुम्पिए पछि २४ घण्टा अहोरात्र खटिए पछि मानिस अर्वपती भइहाल्छ । बीमाको क्षेत्रमा मात्रै होइन सबै क्षेत्रमा जसले मिहिनेत गर्छ उ माथि जान्छ ।

संसारमै जटिल मार्केटिङ भनेको बीमा नै हो । जो सँग क्षमता, सहनसिलता, खट्न सक्ने क्षमता छैन भने उसले बीमा व्यवसाय गर्नै सक्दैन । त्यस्तो खटन छ, गाह्रो छ भने पक्कै पनि पैसा धेरै हुन्छ । जहाँसम्म सदश्यता विस्तार र कोषको व्यवस्था छ । हाम्रोमा बीमा कम्पनीको विकास क्रम पनि ढिलो ढिलो छ । २०२९ सालको बीमा संस्थान, २०४४ सालको नेशनल लाइफ आयो । नेशनलले पनि २०५८ सालसम्म जीवन बीमा व्यवसायलाई खासै फोकस गरेन । पछि छुट्टिए पनि मात्रै जीवन बीमा व्यवसायलाई फोकस गरेको हो ।

२०५८ सालमा तीन वटा कम्पनी आए । एलआइसी, मेट लाइफ र नेपाल लाइफ आए । यस सँगै ५ वटा कम्पनी भए । त्यसमा पनि अभिकर्ताको संख्यामा खासै बृद्धि भएन । २०६५ सालमा थप ४ वटा कम्पनी आए । २०७५ मा १० वटा कम्पनी आए । यसरी बीमाको विस्तार विस्तारै भएको छ । पछिल्लो समयमा मात्रै अभिकर्ताको संख्या ह्वातै बढेको हो ।

त्यसमा पनि हाम्रो आम्दानीको कोष भनेको सदश्यता विस्तार हो । उहाँहरुले तिरेको शुल्कबाटै हाम्रो कोष बन्ने हो । हामी बीमा कम्पनीको शाखा शाखा कार्यालयमा पुग्न नसकेको तितो यथार्थ हो । ‍अहिले हामी ६ हजार ३३९ जना सदश्यको रुपमा छौ । उहाँहरु मध्ये ३७८ जना महाधिवेशन प्रतिनिधि मार्फत निर्वाचन गरेका हौ । नयाँ प्रणाली अनुसार अभिकर्ताको संख्या एक लाख ७५ हजार मात्रै रहेको छ ।

हाम्रो प्रमुख उद्देश्य भनेको सदश्यता विस्तार हो । अवको ६ महिना पछि तपाईले मलाई सोध्नु भयो भने सदश्य संख्या र कोषको विषयमा सरप्राइज सूचना दिनेछु । हामी साथिहरु माझमा पुगरे संघठनलाई मजबुद बनाउने छौ । हामीले राम्रो नजिता निकाल्न सक्ने छौ । मैले टार्गेट लिएको छु । त्यसैले अव हामी यद्द स्तरमा खटिने छौ । अव व्यक्तिगत स्वार्थ भन्दा पनि सांघठिक स्वार्थको लागि काम गर्छौ ।

म साथिहरुलाई के भन्छु भने नयाँ पोलिसी बिक्री गर्ने भनेको पुरानो बीमा क्यान्सिल गराएर होइन । यो गलत ट्रेण्ड हो । त्यसलाई हामी निरुत्साहित गर्छौ ।

बीमा अभिकर्तालाई कमिशनका लागि पोलिसी नै सरेण्डर गराउने गरेको आक्षेप लाग्ने गरेको छ । किन यस्तो भइरहेको छ ?

यसमा दुई वटा कारण रहेको छ । एउटा कारण देशको बदलिदो आर्थिक मन्दीमा बाध्यात्मक परिस्थिति हो । जव तपाईले आफ्नो दैनिकीलाई सुचारु गर्न सक्नु हुन्न भने बीमा शुल्क तिर्नु हुन्न नि त । बीमा शुल्क मात्रै तिर्नु हुन्न कि तपाईको पहिलो प्राथमिकता त्याहाँबाट कहिले र कति पैसा आउछ भन्ने हुन्छ । नेपालमा मात्रै नभएर विश्वमै बीमा पहिलो प्राथमिकतामा पर्दैन । यो १० ओ ११ औ प्राथमिकताको विषय हो । यस्तो ११ औं प्राथमिकताको चिजलाई एक नम्बरमा ल्याएर बिक्री गर्नु पर्दा आफैमा जटिल छ । प्राथमिकतामा पारेर बिक्री त गरियो तर उसको जीवन शैली भने पहिलाकै जस्तो अवस्थामा हुन्छ । उसले प्राथमिक आवस्यकताहरुलाई पुरा गर्न तर्फ जान्छ । बीमा बाँकी नै रहन्छ । बदलिदो परिस्थितिले सरेण्डर बढेको हो । तपाईले भनेको जस्तो एकाध घटना भएको हुन सक्छ ।

हरेक तीन वर्षमा मानिसको पोलिसी परिमार्जन हुन्छ । उसले तीन वर्ष पछि अर्को नयाँ पोलिसी थप्नु पर्ने हुन्छ ।  तीन वर्षसम्म एउटै आर्थिक अवस्था रहदैन ।

ठिकै छ यो पोलसी बन्द गर्नुहोस् नयाँ पोलिसी खरिद गर्नुहोस् भन्न सक्छन् । म साथिहरुलाई के भन्छु भने नयाँ पोलिसी बिक्री गर्ने भनेको पुरानो बीमा क्यान्सिल गराएर होइन । यो गलत ट्रेण्ड हो । त्यसलाई हामी निरुत्साहित गर्छौ । त्यस्ता अभिकर्तालाई हामी राम्रो अभिकर्ता भन्दैनौ । बीमा पोलिसी बिक्री गर्ने भनेको पोलिसी परिपक्व गराएर मात्रै हो । अथवा आम्दानीको आधारमा नयाँ पोलिसी बिक्री गर्ने हो । यसमा के ट्रेण्ड रहेको छ भने हरेक तीन वर्षमा मानिसको पोलिसी परिमार्जन हुन्छ । उसले तीन वर्ष पछि अर्को नयाँ पोलिसी थप्नु पर्ने हुन्छ ।

तीन वर्षसम्म एउटै आर्थिक अवस्था रहदैन । आज १० हजार कमाउनेले तीन वर्ष पछि २५/३० हजार कमाइरहेको हुन्छ । उसलाई त्यहि पुरानो पोलिसीले चल्दैन । तपाईले १० लाखको सेकेण्ड ह्याण्ड मोटर किनेर चढिरहनु भएको छ । तपाईले अर्को कम्पनीबाट ५० लाखको गाडी खरिद गर्नु भयो । १० लाखको गाडीको १० लाखकै बीमा गर्नु हुन्छ र ५० लाखको गाडीको ५० लाखकै बीमा गर्नु हुन्छ । ५० लाखको गाडी खरिद गरे पछि १० लाखकै बीमा गर्छु भनेर हुन्छ ?

मानिसको स्तर बढ्दै जादा पोलिसी थप्दै जाने हो । न कि त्यहि पोलिसी क्यान्सिल गराएर अर्को पोलिसी खरिद गर्नु गलत अभ्यास हो । यस्तो नगर्न साथिहरुलाई अनुरोध गर्दछु । बीमाको सिद्धान्त यो होइन । ग्राहकलाई यसले फाइदा दिदैन ।

अभिकर्ताहरु आफैमा फाइनान्सियल अण्डराइटर हुन् । यति धेरै जिम्मेवारी सहित आउने नयाँ अभिकर्तालाई तपाई के भन्नु हुन्छ ?

नयाँ आउने अभिकर्तालाई के भन्छु भने यदि तपाई यस पेशामा आउन चाहनु हुन्छ भने विकल्प रहित पेशाको रुपमा आउनु होस् । तपाईले राम्रो सँग अध्ययन गर्नुहोस् । पोलिसीहरुको अध्ययन गर्नुहोस् । सेल्स टेक्निकको अध्ययन गर्नुहोस् । बजारमा कसलाई कस्तो पोलिसी उपयुक्त हुन्छ भनेर अध्ययन गर्नु पर्छ । औषधी पसलमा हजारौ प्रकारका औषधी हुन्छ । तपाईलाई सबै औषधी दिइदैन । स्पेसिफिक एउटा औषधी दिइन्छ ।

बीमा कम्पनीमा पनि १८/२० वटा प्रोडक्ट रहेको हुन्छ । सबै बीमा पोलिसी तपाईलाई म्याच गर्दैन । तपाईको उमेर अनुसारको, आम्दानी अनुसारको, तपाईको धार्मिकता अनुसारको, तपाईको स्वभाव अनुसारको, पारिवारिक संरचना अनुसारको पोलिसी बिक्री गर्नु पर्छ ।

संस्थागत अभिकर्ताले हलो अड्काएर गोरु चुट्ने काम गर्यो । पहिलो वर्ष बैंकले तपाईको खातामा यति धेरै पैसा छ यति ठुलो कर्जा लिनु भएको छ ५० लाखको बीमा गर्नै पर्यो भन्यो । कतिपय अवस्थामा बीमा नगर्ने भए कर्जा नै दिन्न समेत भनेर बीमा गराए ।

अभिकर्ताले पोलिसी बिक्री गर्ने होइन त्यसको तथ्यगत अध्ययन गरेर कुन पोलिसी सुहाउछ त्यो पोलिसी मात्रै बिक्री गर्ने हो । त्यस्तो पोलिसी बिक्री गरियो भने उसले आत्मविस्वासका साथ खरिद गर्छ । टिकाउ पनि दिन्छ । अभिकर्ता पेशा पर्दाभित्रको व्यवसाय हो । यसमा राम्रो आम्दानी छ । मैले पनि अन्य राम्रो अवसर छाडेर यो पेशामा आएको हो । मेरो वास्तवमा राम्रो जागिर थियो । मेरो नजिकको प्रमोसन छाडेर आएको हो । यदि मैले जागिरलाई निरन्तरता दिएको भए उपसचिवसम्म हुन्थे । मैले केहि देखेर यो पेशामा आए । आउनुहोस् जित्नु हुन्छ । तर योजनाबद्ध तरिकाले आउनुहोस् । डेडिकेटेड हुनु पर्यो मिहिनेती हुनु पर्यो । एउटा व्यक्तिलाई बीमा गराउन ५ वर्ष १० वर्ष पर्खनु पर्ने हुन्छ । एक जनालाई ५/१० महिना पछ्याउने भनेको सामान्य हो । त्यो धैर्यता हुनु पर्यो । त्यो विश्वास हुनु पर्यो । त्यो मानिसले म प्रति विश्वास गरेको छ ढिलो चाढो पोलिसी खरिद गर्छ । सम्बन्ध कायम राखिरहनु पर्यो । यस पेशामा इन्जिनियर डाक्टर उद्योगपति समेत छन् । हाम्रोमा अन्य रोजगारी नपाएर गर्ने पेशा हो कि भन्ने मानिसहरुको सोचाइ छ । यो बहुत गलत हो । यो पेशालाई राम्रो सँग नबुझेको छ भन्छु ।

केहि समय अगाडी संस्थागत अभिकर्ताको लाइसेन्सको विषयलाई लिएर अभिकर्ता संघ संघठनको विरोध भयो । संस्थाग अभिकर्ताले सूचना तथा प्रविधि लिएर आउदै छन् । व्यक्तिगत अभिकर्ताले पनि त्यहि अनुसार सूचना तथा प्रविधि लिएर आउनु पर्यो नि त ?

जतिखेर संस्थागत बीमा अभिकर्ता जरुरी छ जतिवेला आम जनताले बीमा मेरो लागि हो भनेर आफैले बुझ्न थाल्ने छन् ।

एकदमै सहि हो । विगत दुई वर्ष अगाडी बैंकहरुले बेजोड तरिकाले पुरा आत्मबलका साथ बीमा पोलिसी बिक्री गरे । बीमा पोलिसी बिक्री भएको दोस्रो वर्ष सञ्चार माध्यममा समाचार आयो, ‘संस्थागत अभिकर्ताले बिक्री गरेको ७८ करोड रुपैयाँ रुपैयाँ डुब्यो’ ।

संस्थागत अभिकर्ताले हलो अड्काएर गोरु चुट्ने काम गर्यो । पहिलो वर्ष बैंकले तपाईको खातामा यति धेरै पैसा छ यति ठुलो कर्जा लिनु भएको छ ५० लाखको बीमा गर्नै पर्यो भन्यो । कतिपय अवस्थामा बीमा नगर्ने भए कर्जा नै दिन्न समेत भनेर बीमा गराए । उसले मोटिभेट भएर बीमा गरेको थिएन । संस्थागत अभिकर्ताका कारणले डुबेको यति ठुलो रकमको भरपाई कसले गरिदिने भन्दै मैले बीमा समितिमा प्रश्न गरेको थिए ।

जतिखेर संस्थागत बीमा अभिकर्ता जरुरी छ जतिवेला आम जनताले बीमा मेरो लागि हो भनेर आफैले बुझ्न थाल्ने छन् । लाइन लागेर बीमा गर्ने अवस्था नभए सम्म यस्तो अवधारणाले काम गर्दैन । त्यहि कारणले राष्ट्र बैंकले बन्द गर्यो । अहिले फेरि यस्तो प्रयास सुरु भएको छ । विशुद्ध बीमा बिक्री गर्ने भनेर हामी आएका छौ भने बैंकहरु किन चाहियो ।

विश्वका अन्य मुलुकमा पनि संस्थागत बीमा अभिकर्ता छन् । तर उनिहरुको व्यवसाय घट्दो ट्रेण्डमा छ । भारतमै पनि संस्थागत अभिकर्ताले ६०/६५ प्रतिशत व्यवसाय बिक्री गर्दै आएकोमा अहिले ३०/३५ प्रतिशतमा झरेको छ । अवको दुई चार वर्षमा उनिहरुको बजार १० प्रतिशतमा झर्दैछ । यो सफल रहेछ त ? जवकी घट्दो ट्रेण्डमा रहेको छ । तर अभिकर्ताको व्यवसाय बढ्दो क्रममा छ । यो विश्वव्यापी ट्रेण्ड नै हो । नेपालमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकले यस विषयमा सोच्ने वेला आएको छैन । एक डेढ दशक पछि अवस्था आयो भने ल्याउदा हुन्छ । बीमितले एक किस्ता तिरेर हराउनु भएन । नविकरणकै लागि अभिकर्ता १० पटक घरमा पुग्नु पर्छ । त्यो काम बैंकले गर्छ ?

संस्थागत अभिकर्तालाई वर्गसत्रुको रुपमा हेरेका होइनौ । व्यवसाय खोसिदियो भनेका पनि होइनौ । बीमा उद्योग अर्बौ खर्बोको छ । हामीले बीमा गराएर भ्याएकै छैनौ । जति पनि व्यवसाय गर्न सकिन्छ । तर विकृतियुक्त तरिकाले आउनु भएन । विकृति भित्रिनु भएन भन्ने मात्रै हाम्रो आवाज हो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS