IME Life
GBIME

सम्पादकीय : आर्थिक संकटको भुमरीमा बीमा क्षेत्र

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विश्वव्यापी रुपमा चुलिदै गइरहेको आर्थिक संकटको प्रभाव नेपालमा परिरहेको छ । जसले अर्थतन्त्रको चक्रलाई नै प्रभावित पारिदिएको छ । यसकै भुमरीमा नेपालको बीमा क्षेत्र समेत फसेको छ । आम नेपालीको क्रय शक्ति र बचत खस्किदै जादा बीमा पहिलो प्राथमिकता भित्र पर्न सक्दैन सकेन ।

आम मानिसहरुले गास, वास, कपास, शिक्षा, सञ्चार, स्वास्थ्य लगायतका प्राथमिक आवश्यकता पुरा गरे पछि बचेको रकमलाई बल्ल बीमामा प्रयोग गर्ने सोच बनाएका हुन्छन् । सरकारले बीमा गर्न बाध्य गराएको क्षेत्रमा बाहेक उनिहरुले खासै ध्यान दिदैनन् । निम्न वर्ग र स्वेदशमै केहि गर्छु भनेर बसेका मानिसहरुसँग बचतको सट्टा उल्टै ऋणको भार थोपरिदै गएको छ । आर्थिक संकटको प्रभाव तल्लो तहमै पुगिसकेको छ ।

Crest

कोभिड १९ पछि रुस र युक्रेन विचको युद्धले पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुँदा उत्पादन लागत आकाशिएको छ । सिमित आयमा सञ्चालित वर्गले अहिलेको मूल्य बृद्धिलाई सहन गर्न सकिरहेको छैनन् । यहि स्थिति धेरै लामो समय रहिरह्यो भने यस्ता समुहका व्यक्तिहरु पलायन हुनु पर्नेछ । नेपाल राष्ट्र बैंककै तथ्याङ्क अनुसार फागुन महिनासम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले बृद्धि भई तीन लाख ५१ हजार पुगेको छ ।

अहिलेको अवस्थामा एक घर एक वैदेशिक रोजगार नभएमा घर परिवार नै धान्न नसक्ने अवस्था आइसक्यो । सबैजना वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा देशको आन्तरिक उत्पादन हरेक वर्ष घट्दै गइरहेको छ । नेपालले फागुन महिनासम्ममा १० खर्ब ४८ अर्ब रुपैयाँ आयात गरेको छ । जवकी वैदेशिक रोजगारीमा गएका नेपालीले फागुन मसान्तसम्ममा ७ खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएका छन् ।

गएको वर्ष सरकारले विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको भन्दै केहि वस्तु तथा सेवाको आयातमा प्रतिवन्ध लगाउदा सरकारको राजस्व संकलनमै ठुलो दवाव परेको छ । राजस्व संकलनको लक्ष्य ४७.५९ प्रतिशत मात्रै हासिल भएको छ । हालसम्म ६ अर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन हुँदा ८ खर्ब ९५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । जसमा पनि चालु खर्च ७ खर्ब भन्दा माथि रहेको छ । सरकारलाई नियमित खर्च गर्न धौ धौ परिरहेको छ । कर्मचारीको तलब भत्ता खुवाउन र सामाजिक सुरक्षा भत्ता प्रदान गर्नका लागि पनि अन्य स्रोतहरु खोज्नु पर्ने अवस्था आइसकेको छ ।

यहि हिसावले सरकारले बजेटमा छुट्ट्याइएको विकास खर्च पनि गर्न सक्ने अवस्था छैन । जवसम्म सरकारले विकास खर्च मार्फत पैसा बाहिर पठाउन सक्दैन तवसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन । अहिलेको सरकारको सबैभन्दा ठुलो चुनौती यहि हो ।

अहिलेको संकटोन्मुख अर्थतन्त्रमा बीमा क्षेत्रको वृद्धिदर एक दशक यताकै कमजोर देखिएको छ । बृद्धिदरलाई नविकरण बीमाशुल्कले धानिरहेको छ । फागुन मसान्तसम्ममा ६२ हजार ४९३ वटा पोलिसी सरेण्डर भएको छ । उक्त पोलिसी सरेण्डर हुँदा ८ अर्ब ७२ करोड रुपैयाँ बाहिरिएको छ । जवकी यहि अवधिमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । कतिपय कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन भन्दा सरेण्डर रकम धेरै छ । यस्तो अवस्था जीवन बीमा कम्पनीका लागि पक्कै पनि शुभ संकेत होइन । निर्जीवन तर्फ पनि मोटर बीमाको व्यवसाय खुम्चिदै गइरहेको छ । निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या गत वर्षको तुलनामा ३ दशमलब २४ प्रतिशतले घटेको छ । प्राधिकरणले ननट्यारिफ बीमा व्यवसायलाई न्युनतम दर निर्धारण गरेकाले बीमा शुल्क आर्जनमा भने २.२४ प्रतिशतको बृद्धि देखिन्छ ।

संकटको सबैभन्दा भरपर्दो साथि बीमा नै हो । तर आम नेपालीहरुमा अझै पनि बीमा दुखको साथी भन्ने आभास हुन सकेको छैन । बीमा गर्नेहरुमा पनि कम्पनीले समयमा दाबी भुक्तानी गर्दैन भन्ने छाप रहदै आएको छ । जो व्यक्ति बीमा गरेर दाबी पाउदा हैरानी खेप्छन् उनिहरुले अरुलाई पनि बीमा नगर्न सल्लाह दिन्छन् ।

बीमा व्यवसाय खुम्चिनुको अर्को प्रमुख कारण कम्पनीहरु परम्परागत बीमा पोलिसीबाट माथि उठ्न नसकेर पनि हो । नेपालको भुगोल सुहाउदो पोलिसी आउन सकेको छैन । कम्पनीहरुले पलिसीमा परिमार्जन गर्दै सेवाको गुणस्तर नबढाउन्जेलसम्म बृद्धिदर बढ्ने होइन घट्ने निश्चित छ । आजको सूचना तथा प्रविधिको युगमा ४०-५० हजारको दाबी लिन पनि झण्झटिला कागजी प्रकृयाँ पुरा गर्नु पर्ने बाध्यता यथावत छ । आम नेपालीहरु मध्ये ८० प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन् । अव बीमा हरेक नेपालीको स्मार्टफोनमा पुग्न सक्नु पर्छ । बीमितले आफ्नो स्मार्टफोन मार्फत पोलिसी खरिद गर्न सक्नेदेखि लिएर दाबी पाउन सक्ने अवस्था आउनु पर्छ । जवसम्म क्यासलेस बीमाको ट्रेण्ड विकास हुँदैन तवसम्म बीमाको गुणस्तर माथि उठ्न सक्दैन । यसका लागि बीमा कम्पनीहरुले सूचना प्रविधि र प्रणालीको स्थापनाका लागि ठुलो लगानी गर्नु पर्छ । कम्पनीहरुले बदलिदो आयामलाई आत्मसाथ नगरेसम्म बीमाको बजारलाई विस्तार गर्न सक्दैनन् । मात्रै बीमा कम्पनीहरुको इच्छाशक्तिको आवश्यक छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS