IME Life
Beema Board

दोल्ती पावरको आइपीओ बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि आइपीओ विक्री गरेको थियो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजारको १० प्रतिशत दरको ५ लाख ३६ हजार ४८६ कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको थियो ।

कुल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले र कालिका गाउँ विकास समितिमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका नौमुले र कालिका गाउँ विकास समितिका बाहेक अन्य स्थानीयका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर चैत १७ गते बाँडफाँड गरेको जनाएको छ ।

Prabhu
Crest

आइपीओ खरीदका लागि रीतपूर्वक प्राप्त नभएका आवेदकहरूको शेयरबापतको रकम चैत २० गतेदेखि सम्बन्धित आवेदको बैंक खातामा रकमान्तर गरिने विक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी हुने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरेको हो । यसअघि कम्पनीले फागुन ८ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा विक्री गरेको आइपीओ चैत ६ गते बाँडफाँड गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS