IME Life
Beema Board

नेशनल लाइफले घोषणा गर्यो अहिलेसम्मकै सर्वाधिक बोनस दर, न्युनतम ६३ देखि अधिकम ८५ रुपैयाँसम्म

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका लागि हालसम्मकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । यो नेशनल लाइफको मात्रै नभइ जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक हो । गएको आर्थिक वर्ष २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कन अनुसार बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्राप्त गर्ने भएका हुन् ।

बीमा कम्पनीले बिक्री गरेका बीमा पोलिसीहरु मध्ये २६ वर्ष भन्दा धेरै अवधिको बीमा गर्ने बीमितले प्रतिहजार ८५ रुपैयाँ प्राप्त गरेका छन् ।  मनि व्याक पोलिसीमा समेत कम्तिमा पनि ९ वर्षसम्मको पोलिसी खरिदकर्ताले प्रति हजार ६३ रुपैयाँ बोनस दर प्राप्त गरेका हुन् । यो बोनस दर कतिपय बीमा कम्पनीको सावधिक जीवन बीमा पोलिसीमा समेत छैन ।

Prabhu
Crest

नेशनल लाइफले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप फ्युचर बोनस प्रोभिजनिङका बावजुद पनि सर्वाधिक आकर्षक बोनसदर दिन सफल भएको हो । यहि व्यवस्थाका कारण कतिपय बीमा कम्पनीको बोनसदरमा भारि गिरावट आइरहेको छ ।

सावधिक जीवन बीमा पोलिसी

यस्तो पोलिसी न्युनतम ९ वर्ष अवधिसम्मक‍ा बीमितले प्रतिहजार ६४ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले प्रतिहजार ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्ष अवधिसम्मका बीमितले पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष अवधिका बीमितले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथिको बीमा पोलिसी खरिदकर्ताले प्रतिहजार ८५ रुपैयाँ प्राप्त गरेका हुन् ।

सावधिक तथा आजीवन बीमालेख

यस्तो प्रकृतिका बीमा पोलिसी खरिदकर्ताले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्राप्त गरेका हुन् । जसमा २० वर्ष अवधिसम्मको पोलिसी खरिदकर्ताले प्रतिहजार ६४ रुपैयाँ बोनस दर प्राप्त गरेका छन् भने २१ देखि २५ वर्ष अवधिसम्मकाले ७० रुपैयाँ प्राप्त गरेका छन् । र २६ वर्ष वा सो भन्दा माथि अवधिको पोलिसी खरिदकर्ताले प्रतिहजार ८५ रुपैयाँ बोनसदर प्राप्त गरेका हुन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी अर्थात मनिव्याक पोलिसीमा समेत बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्मको बोनसदर प्राप्त गरेका छन् । जवकी अन्य कम्पनीले यस्तो प्रकृतिको बीमालेखमा प्रतिहजार २० रुपैयाँ बोनसदर दिएको पाइएको छ । तर नेशनल लाइफले बीमितहरुले १९ वर्ष अधिसम्मको बीमा पोलिसी खरिदकर्तालाई प्रतिहजार ६३ रुपैयाँ दिएको छ । र २० वर्ष भन्दा माथिल्लो अवधिका पोलिसी खरिदकर्ताले प्रतिहजार ६४ रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS