IME Life
Beema Board

यूनियन लाइफले गर्यो उत्कृष्ट व्यवसाय गर्ने दुई सय अभिकर्तालाई सम्मान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफले बागमति प्रदेशका २ सय जना उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले आज काठमाडौंको होटल मा एक भव्य कार्यक्रमको आयोजना गरी कम्पनीमा संलग्न बागमति प्रदेशका २५ हजार अभिकर्ताहरुमध्ये उत्कृष्ट व्यवसाय गर्ने २ सय जना अभिकर्तालाई सम्मान गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी, बजार व्यवस्थाक,कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता, उत्प्रेरणात्मक प्रशिक्षकहरु लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।

Prabhu
Crest

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहलले अभिकर्ताहरुले आफ्नो लक्ष्य पुरा गर्नका लागि मेहन गरेर काम गर्नुको साथै, आफ्नो डाटाबेसमा काम गर्ने र आफ्नो कम्पनीका सकारात्मक कुराहरुलाई प्रबर्दन गरी बजारमा सकारात्मक प्रभाव पार्ने गरी अभिकर्ताहरुले काम गर्नुपर्ने बताए ।

त्यस्तै, बजार विभाग प्रमुख माधव शर्माले बीमा अभिकर्ताहरुले आफ्नो कम्पनीको व्यवसाय प्रबर्दनका लागि अभिकर्ताहरुले खेल्नुपर्ने भुमिकाको बारेमा जानकारी दिए । साथै उनले नेपालको नम्बर वान कम्पनी बनाउनका लागि अभिकर्ताहरुले कम्पनीको विभिन्न पोलिसीको बारेमा बीमितहरुलाई सरल र सहज ढङगले बुझाउन समेत आग्रह गरे ।

त्यसैगरी बागमति प्रदेश प्रमुख हरि प्रसाद ढुङगानाले बीमितहरुलाई कसरी फाइदा पुग्छ भन्ने विषयमा जानकारी दिएका थिए । उनले बीमितहरुलाई फाइदा हुने हिसावले बीमा गराउन सकियो भने बीमा व्यवसाय विस्तार हुने बताए ।

कार्यक्रममा नविल बैंकका डिसिओ मनोज ज्ञवालीले रिलेसनसिप म्यानेजमेन्टका साथै बीमा व्यवसायलाई कसरी अगाडी बढाउन सकिन्छ लगायतका विषयमा प्रस्तुती दिएका थिए । त्यसैगरी कार्यक्रममा एलपी भानु शर्माले विभिन्न उत्प्रेरणात्मक विषयमा प्रस्तुती दिएका थिए ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS