IME Life
Beema Board

मेट लाईफ नेपालले गर्‍याे झण्डै ४ अर्ब रूपैयाँ दाबी भु्क्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । जीवन बीमा कम्पनी मेट लाईफ (अमेरिकन लाईफ इन्स्याेरेन्स) काे नेपाल शाखाले एक वर्षकाे अवधिमा करिब ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेकाे छ। इन्स्याेरेन्सकाे नेपाल शाखाले प्रकाशन गरेकाे लेखा परिक्षण पछिकाे वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८।७९ मा बीमितलाई ३ अर्ब ९७ कराेड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरिएकाे हाे ।

अघिल्लाे आव २०७७।७८ काे तुलनामा खुद दाबी भुक्तानी १३.४१ प्रतिशतले वृद्धि भएकाे छ। प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लाे आवमा ३ अर्ब ५० कराेड रूपैयाँ खुद दाबी भुक्तानी गरिएकाे थियाे ।

Prabhu
Crest

भुक्तानी हुन दाबी वापतकाे व्यवस्था गत आवमा २४.२८ प्रतिशतले गिरावट आएर ६९ कराेड ४६ लाख ५५ हजार रुपैयाँ पुगेकाे थियाे । मेट लाईफकाे दाबी भुक्तानीमा सुधारका कारण अघिल्लाे आवमा ९१ कराेड ७५ लाख रुपैयाँ रहेकाे दाबी भुक्तानीवापतकाे व्यवस्था गत वर्ष उल्लेख्य रुपमा घटेकाे हाे । यसबाहेक अपरिपक्व जाेखिमवापतकाे व्यवस्थामा समेत १९.३९ प्रतिशतले कमी आएर ४१ कराेड ३० लाख ७७ हजार रुपैयाँ रहेकाे थियाे ।

कम्पनीले गत आवकाे खुद नाफाबाट कर्मचारी बाेनशवापत ६ कराेड ९२ लाख ७७ हजार रुपैयाँ विनियाेजन गरेकाे छ। नाफामा सुधारसँगै कम्पनीकाे कर्मचारी बाेनशमा ६३.६४ प्रतिशतले उछाल आएकाे थियाे । गत आवमा मेट लाईफले ५९ कराेड ६५ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS