काठमाडौं । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गराउन मिक्लाजुङ गाउँपालिकाले सूचना प्रकाशन गरेको छ । गाउँपालिकाको शिक्षा ऐन,२०७९ को दफा (२२) अनुसार शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा आधारभूत तश कक्षा–८ सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको छ ।
२०७९ चैत १३ गते बसेको पालिकाको बैठकले बमोजिम आउँदो २०८० सालमा सम्पूर्ण मिक्लाजुङ गाउँपालिका भरिका निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षक, कर्मचारी र सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।