कठमाडौं । आगामी बैशाख १ गतेदेखि श्रम स्वीकृति तथा पुन श्रम स्वीकृति स्थानिय तहबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन स्थानिय तहबाटै यस्ता खाले सेवा प्रदान गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
आगामी वैशाख १, २०८० देखि ७५३ वटै स्थानिय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ ।