काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले एनएमबि लघुवित्तको १० प्रतिशत र जीवन विकास लघुवित्तको १४ दशमलव २८५ प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन गरेको हो । समायोजनपछि जीवन विकास लघुवित्तको शेयर मूल्य १ हजार ३७० रुपैयाँ २६ पैसा र एनएमबि लघुवित्तको ५०९ रुपैयाँ ९ पैसा कायम भएको छ ।
जीवन विकास लघुवित्तको नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य १ हजार ५६६ र एनएमबि लघुवित्तको शेयर मूल्य ५६० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । यही मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ ।