काठमाडौं । आज शेयर बजार १० दशमलव ८७ अंकले घटेर १,९०८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको २ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।