काठमाडौं । नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले उक्त शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्नको लागि बैकले यसअघि नै विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर, सो शेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिद गर्न ईच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले ७ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नलिब इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्न सकिने छ ।