काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेको शेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्टार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्स बीच आज सम्झौता भएको छ ।
सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल लिमिटेडका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्न र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केटस् लिमिटेड मार्फत उपलब्ध गराउने क्यापिटलले गर्नेछ ।
उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहाल उपस्थित थिए ।