काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
संस्थाका तीनजना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको क्रमशः ५ हजार, १९ सय र २ हजार गरी जम्मा ८९०० कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय धनगढी, कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ड, मण्डीखाटार काठमाडौंमा बोलपत्र पेश गर्न सकिने संस्थाले जनाएको छ ।
साथै तोएिको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।