काठमाडौं । शेयर बजारमा ओरालो यात्रा कायम नै रहेको छ । आज नेप्से २६ दशमलव ८७ अंकले घटेर १,८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । गुराँस लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।