काठमाडौं । शेयर बजारमा ओरालो यात्रा कायम नै रहेको छ । आज नेप्से २६ दशमलव ८७ अंकले घटेर १,८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोडमाथिको शेयर कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको सबैभनदा धेरै शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डोको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।