काठमाडौं । सिद्धार्थ बैंकले लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशलमव ५० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
बैंकले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा चैत ६ गतेबाट लाभांश जम्मा गर्न शुरु गरेको जनाएको छ ।
भौतिकरूपमा शेयर धारण गरेका शेयरधनीको हकमा भने शेयर अभौतिकीकरणपछि मात्रै हितग्राही खातामा रकम जम्मा हुने बैंकले जनाएको छ । कम्पनीले भौतिकरूपमा शेयर धारण गरेका शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।