काठमाडौं। वाणिज्य बैंकमा एकै दिनमा निक्षेप १ अर्बले वृद्धि हुँदा र कर्जा प्रवाह २ अर्बले घट्दा सिडी रेसियो केही घटेको छ । चैत ७ गते मंगलवार सिडी रेसियो ८५ दशमलव ६३ प्रतिशत रहेकोमा अघिल्लो दिन अर्थात् चैत ६ गते सोमवार सिडी रेसियो ८५ दशमलव ६६ प्रतिशत थियो।
वाणिज्य बैंकहरुमा चैत ६ गतेसम्म ४७ खर्ब ६७ अर्ब निक्षेप हुँदा चैत ७ गते निक्षेप १ अर्बले वृद्धि हुँदै ४७ खर्ब ६८ अर्ब पुगेको छ । त्यस्तै एक दिनको अवधिमा वाणिज्य बैंकले प्रवाह गरेको कर्जा भने २ अर्बले घट्दै चैत ७ गते ४२ खर्ब ६९ अर्ब पुगेको छ ।
समस्त बैंक तथा वित्तीय सस्थामा निक्षेप संकलन ५४ खर्ब ०८ अर्ब रहेको छ भने अघिल्लो दिन निक्षेप ५४ खर्ब ०८ अर्ब नै थियो । त्यस्तै प्रणालीबाट चैत ७ सम्म ४८ खर्ब १२ अर्ब कर्जा प्रवाह भएको छ। कर्जा प्रवाहमा एक दिनको अवधिमा १ अर्बको गिरावट आएको छ ।
अन्तर बैंक व्याज दर भने घट्दै ७ प्रतिशतमा आएको छ । अघिल्लो दिन अन्तर बैंक व्याज दर ७ दशमलव २० प्रतिशत थियो ।