काठमाडौं । एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर आज चैत ८ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० शेयर बराबर ११ कित्ता (१ः१.१०) हकप्रद शेयर खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जनाएको छ ।
कम्पनीको फागुन ६ गतेको विशेष साधारण सभाको निर्णय अनुसार उक्त शेयर विक्रीमा ल्याएको हो । उक्त शेयर बैशाख १२ गतेसम्म विक्रीमा रहने जनाएको छ । नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको उक्त कम्पनीले मर्चेन्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ ।