काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आज हुँदैछ । लघुवित्तको संचालक समितिको १७८ औं बैंठकको निर्णयले उक्त सभाको निर्णय गरेको हो । सभा नौविसे एग्रो रिसोर्ट धादिङमा हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धि अनुसूचि र नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयरा गरिएको वार्षिक वित्तीय उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ । साथै आर्थिक वर्ष २०७९र८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
लघुवित्तले साधारणसभा प्रयोजनका लागि यहि फागुन २१ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । फागुन १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र उक्त सभामा सहभागी हुन पाउने लघुवित्तले जनाएको छ ।