IME Life

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको शेयर आजसम्म किन्नले प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहीवार अन्तिम दिन रहेको छ ।

यी तीन कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गर्ने भएसँगै आज अर्थात् चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Prabhu
Crest

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा गर्ने जनाएको छ । उक्त सभा डार्सिज इन्टरनेशनल होटल बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले बताएको छ ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यस प्रस्ताव चैत २९ गते हुने साधारण सभामा पेश गर्नेछ । सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले चैत १६ गतेको साधारण सभा मार्फत यस प्रस्ताव पारित गर्नेछ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज पर्सा नेपालमा दिनको १२ः३० बजे शुरूगर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS