IME Life
Beema Board

आधा दर्जन कम्पनीको १५ करोड १३ कित्ता हकप्रद शेयर पाइपलाइनमा, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि ६ वटा कम्पनीले निवेदन पेश गरेका छन् । यी छ वटा कम्पनीहरुले १५ करोड १३ लाख ३१ हजार ११५ कित्ता हकप्रद शेयर निष्काशन स्वीकृतिका लागि बोर्डको पर्खाइमा रहेका हुन् । सेबोनमा हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइडोपावर कम्पनी, नेशनल हाइडोपावर कम्पनी र अरुण कावेली पावर लिमिटेड रहेका छन् ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फागुन ५ गते निवेदन दिएको छ । कम्पनीले २ः१ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागिसेबोनमा निवेदन दिएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्वीकृति पाएपछि कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

Prabhu
Crest

अपर तामाकोशी हाइड्रोपावर
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशनको लागि फागुन १८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले एक बराबर एकको अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशनको योजना बनाएको हो ।

कम्पनीले केहि समय अगाडी विद्युत नियमान आयोगबाट सत प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरिसकेको छ । नियमन आयोगको अनुमति सँगै कम्पनीले नेपाल धितोपत्र बोर्डको प्रक्रिया अगाडी बढाएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २२ अर्ब १८ करोड पुग्नेछ ।

नारायणी डेभलपमेन्ट बैंक
नारायणी डेभलपमेन्ट बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको छ । बैंकले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । बैंकले हकप्रद निष्काशन तथा विक्रीका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हिमाल दोलखा हाईडोपावर कम्पनी
हिमाल दोलखा हाईडोपावर कम्पनीले हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा पुस २६ गते निवेदन दिएको हो । कम्पनीले हालको पुँजीको प्रति शेयर अंकित १ सय रुपैयाँको दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात ७५ प्रतिशत अनुपातमा १,२०,००,००० कित्ता हकप्रद शेयर निकाष्शन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट पनि अनुमति पाइसकेको छ ।

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा कार्तिक २२ गते निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूजीको ५० प्रतिशत अर्थात १०ः५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको हो ।कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

अरुण कावेली पावर
अरुण कावेली पावरले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा कार्तिक २८ गते निवेदन दिएको छ । कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीलाई उक्त अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयोगले भने अनुमति दिइसकेको छ ।

के हो हकप्रद शेयर ?
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरधनीको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरधनीहरु स्वतन्त्र हुन्छन् । सबै शेयर बिक्री नभएमा कम्पनीले बाँकी रहेको शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने व्यवस्था छ । विद्यमान शेयरधनीले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%

खुसी

0%

दु :खी

20%

अचम्मित

10%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS