IME Life

ग्लोबल आइएमई लघुवित्तको एजिएम आज, कहिलेसम्म शेयर किन्नले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आज आफ्नो १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा पोखराको लेकसाइड स्थित बेस्ट रिसोर्ट नेपालमा आयोजना गर्न लागेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७०/७९ को आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन तथा सोही अवधिको नगद प्रवाह विवरण र लेखा सम्बन्धी नीतिहरु तत् सम्बन्धी अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वित्तीय संस्थाको सर्वसाधारण समूह (समूह ख) अर्न्तगतको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS