IME Life

लाभांश र मर्जरको प्रस्ताव पारित गर्न आरएमडीसी लघुवित्तले डाक्यो २४औं वार्षिक साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । गत फागुन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल २७ दशमलव ३७ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

Prabhu
Crest

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी  १ अर्ब २४ करोड १० लाख ६६ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उल्लिखित प्रस्तावसँगै साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । आरएमडीसी लघुवित्तको १०० कित्ता शेयर बराबर मर्जर पछिको संस्थाको शेयर ८७ कित्ता प्राप्त हुने गरी यी दुई कम्पनी मर्जरमा जान लागेका हुन ।

साना किसान लघुवित्तका शेयरधनीहरूको भने शेयर संख्यामा कमि हुनेछैन् । यो सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने तया्री कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS