IME Life

सन नेपाल लाइफले प्रिमियममा आइपीओ ल्याउने, प्रति कित्ता २५०.५५ रुपैयाँ दरमा ९६ लाख कित्ता आउदै

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५०.५५ रुपैयाँ प्रिमियम सहित आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसाको दरमा ९६ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रिमियम सहित उक्त शेयर जारी गर्दा प्राथमिक शेयर बजारबाट २ अर्ब ४० करोड रुपैयाँ संकलन गर्नेछ । कम्पनीले हिजो मात्रै धितोपत्र बोर्डमा निवेदन दिएको हो । नेपाल बीमा प्राधिकरणले आइपिओ निष्काशन गर्न बाँकी रहेका ४ बीमा कम्पनीहरुलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति प्रदान गरिसकेको छ ।

Prabhu
Crest

प्राधिकरणले नै अनुमति दिइसकेकाले धितोपत्र बोर्ड पनि छलफलमा जुटेको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विच प्रिमियममा आइपिओ निष्काशन गर्न दिने विषयमा छलफल भइरहेको जनाइएको छ ।

सन नेपाल लाइफले प्राथमिक शेयर बजारबाट ९६ करोड रुपैयाँ शेयर पूँजी संकलन गर्नेछ भने बाँकी एक अर्ब ४४ करोड रुपैयाँ प्रिमियम रकम संकलन गर्नेछ । हाल सन नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन अझै एक अर्ब ८० करोड आवस्यक पर्नेछ ।

यदि प्रिमियममा आइपिओ निष्काशन गर्न पायो भने कम्पनी सँग प्रिमियम बापत एक अर्ब ४४ करोड र हाल जगेडा कोषमा रहेको एक अर्ब हाराहारीको रकमबाट सजिलै बोनस दिएर ५ अर्ब पुर्याउन सक्नेछ । तर धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएन भने मर्जर बाहेक विकल्प रहने छैन ।

सन नेपाल सहित आइपिओ निष्काशन गर्न बाँकी रहेका कम्पनीहरु प्रिमियममा आइपिओ निष्काशनका लागि बीमा प्राधिकरणदेखि धितोपत्र बोर्डलाई मनाउन लागिपरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

8%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS