IME Life

युएचएस होल्डिंगले गैरिधारामा संचालन गर्यो हाफेल शोरुम

SPIL
NIC ASIA

काठमाडौं । इंटीरियर सम्बन्धि सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग हेफेल डिजाइन स्टूडियोको शुभारम्भ गरेको छ । आज फागुन १८ गते गैरिधारा स्थित हाफेल शोरुममा आयोजित एक समारोहबिच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गरेका हुन् ।

हाफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नँया डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग लगायत अन्य सम्बन्धित उत्पादनहरु “रियल टाइम“ ढंगमा उपलब्ध छन् ।

Prabhu
Crest

उक्त कार्यक्रमा हेफेल एवं युएचएस होल्डिंगका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलता सम्पन्न का उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इंटीरियर डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए । त्यसैगरी , उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरु प्रति पनि प्रतिवद्ध रहेको जानकारी दिए ।

“हामी हाफेल जस्तो इंटीरियर सेवाको लागि अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्राण्डसँग आवद्ध हुनपाउँदा हर्षित एवं गौरवान्वित छौ, युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानले भने । नँया हेफेल डिजाइन स्टूडियो ग्राहकहरुलाई नवीनतम उत्पादनहरु प्रदान गदै उनीहरुको जीवनशैलीलाई नँया उचाईमा पुर्याउन मद्दत गर्नेछ ।

युएचएस होल्डिंगले उच्चस्तरीय वाथरुम , सिलिङ्ग र रेलिङ्ग फर्निचर लगायतका इंटीरियर सम्बन्धि उत्पादनहरु प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS