IME Life

दुई लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

SPIL
NIC ASIA

काठमाडौं । खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इश्वर लाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर समारोमा धौलागिरी लघुबित्तका तर्फबाट संचालक एबं संयुक्त मर्जर समितीका संयोज हरि प्रसाद शर्मा, सिर्जना थापा, डा।शुदर्सन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट संचालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्र बहादुर चन्द, डबल बहादुर शाहा तथा प्रमुख कार्यकारी अधिकृत शुरेस बहादुर बमको उपस्थिती थियो ।

Prabhu
Crest

दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS