IME Life

बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार, सम्पुर्ण बीमा कम्पनीका सिइओ सँग छलफल गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । प्राधिकरणले प्रारम्भिक मस्यौदामा छलफलका लागि सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको छ ।

प्राधिकरणले यहि फागुन १९ गते शुक्रवार दिउसो साढे २ बजे होटल क्राउन इम्पेरियलमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २३ गते नै बीमा ऐन २०७९ मा लालमोहर लगाएकी थिइन् । उनले लालमोहर लगाएको ३० दिन पछि अर्थात कार्तिक २२ गतेदेखि नै बीमा ऐन २०७९ लागु भइसकेको छ ।

Prabhu
Crest

यसरी बीमा ऐनमा लालमोहर लागेको ५ महिना पछि बल्ल बीमा नियमावली २०७९ तयार भएको छ । बीमा नियमावली बनाउन कानुन मन्त्रालयका सह सचिव शुसिल कोइरालाको संयोजकत्वमा असोज ३१ गते नै समिति तयार भएको थियो । तर यस अवधिमा निर्वाचन तथा सरकार परिवर्तनका कारण नियमावलीमा खासै काम हुन सकेन । जवकी प्राधिकरणले निर्चावन अगाडी नै नियमावलीको काम सक्ने योजना बनाएको थियो ।

बीमा ऐन आउदा अर्थमन्त्रीमा जनार्दन शर्मा थिए । निर्वाचन पछि अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आए । उनि अर्थमन्त्री भए पछि नियमावली निर्माणमा केहि ढिलाइ भयो । पौडेलले हिजै अर्थमन्त्रीबाट राजिनामा दिए सँगै पुनः ऐन जारी हुँदाकै राजनीतिक संरचनाको पुनरागमन भएको छ । पुरानै राजनीतिक संरचनाको पुनरागमन पछि प्राधिकरणले पनि नियमावलीको आवस्यक प्रकृयाँ अगाडी बढाएको हो । अहिलेको राजनिक संरचना अनुसार अर्थमन्त्रीमा नेपाली कांग्रेसबाट हुन सक्ने देखिन्छ । निवर्तमान प्रधामन्त्री शेर बहादुर देउवाको समयमा ऐन जारी भएको हुँदा नियमावलीमा अव आउने सरकारले साथ दिने प्राधिकरणको विश्वास छ ।

नियमावली बनाउने काम प्राधिकरणको होइन । तर मन्त्रालयले विषयवस्तुमा प्राधिकरणनै अब्बल रहेको भन्दै मस्यौदा तयार पार्ने जिम्मेवारी प्राधिकरणलाई नै दिएको छ । सबैबाट छलफल भए पनि आवस्यक सुझावलाई समेत समावेश गरेर मन्त्रालयले बीमा नियमावली पारित गरि लागु गर्नेछ । बीमा नियमावली नआउदा प्राधिकरणले आवस्यक निर्देशन र निर्देशिका बनाउन सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS