IME Life

दुई लघुवित्तको शेयर मुल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो ।

Prabhu
Crest

नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनश शेयरपछिको मूल्य ८९५ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य १ हजार ६५० रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ३७५ तोकेको छ ।

मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS