IME Life
Beema Board

अभिकर्ताको विवरण अध्यावधिक गर्ने अवधि एक साता थपियो, फागुन २२ गते अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रणालीमा समस्या आए पछि अभिकर्ताको विवरण अध्यावधिक गर्ने समय एक साता थपेको छ । बीमा कम्पनीहरुले फागुन २२ गतेसम्म अभिकर्ताको विवरण अध्यावधिक गर्न पाउने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

आज सर्भर डाउन हुँदा पनि करिव १० हजार अभिकर्ताको विवरण प्रणालीमा इन्ट्री भएको प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले जानकारी दिए । हालसम्म बीमा कम्पनीहरुले एक लाख ११ हजार अभिकर्ताको विवरण अध्यावधिक गरेको उनले बताए । अव बीमा कम्पनीहरुले कुनै पनि हालतमा फागुन २२ गते भन्दा पछाडीको म्याद नपाउने उनको भनाइ छ ।

Prabhu
Crest

यदि फागुन २२ गतेसम्म पनि पुराना अभिकर्ताको विवरण प्रणाली इन्ट्री नभएमा उनिहरुको लाइसेन्स नै नविकरण नहुने प्राधिकरणले जनाएको छ । एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने कानुनी व्यवस्थाको कार्यान्वयनका लागि प्राधिकरणले यो काम गरिरहेको छ । बीमा कम्पनीले आफ्ना अभिकर्ताको विवरण प्रणालीमा इन्ट्री गरे सँगै दोहोरो अभिकर्ताको विवरण पत्ता लगाउने छ । दोहोरो अभिकर्ताको विवरणलाई परीक्षण गरे पछि अभिकर्ताले नविकरण गर्दा कुनै एउटा कम्पनी मात्रै छनोट गर्न बाध्य बनाइनेछ ।

हाल बीमा क्षेत्रमा पुराना र नयाँ गरेर २ लाख हाराहारी सक्रिय बीमा अभिकर्ता रहेका छन् । विगतका वर्षमा बीमा कम्पनीहरुले मनलाग्दी अभिकर्ताको विवरण बुझाउने गरेका थिए । तर अनलाइन प्रणालीको विकास सँगै अभिकर्ताको वास्तविक संख्या देखिन थालेको छ । अझै दोहोरो अभिकर्ताको व्यवस्था हट्ने वित्तीकै अभिकर्ताको संख्या थप घट्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS