IME Life

आजसम्म शेयर किन्नले यी दुई लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गर्नेसँगै आज फागुन १५ गते सोमवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनश शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । सभा बेस्ट रिसोर्ट नेपाल प्रालि लेकसाइट, पोखरामा बिहान ९ बजे शुरू हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आयोजना गरेको छ । सभा गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS