IME Life
Beema Board

अभिकर्ता नविकरणका लागि ६५ हजारले बुझाए कागजात, फागुन १५ गतेसम्म विवरण नबुझाउनेको नविकरण नहुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विकास गरेको अनलाइन प्रणालीमा बीमा कम्पनीहरुले आफ्ना ६५ हजार अभिकर्ताको विवरण अध्यावधिक गरेका छन् । अनलाइन प्रणालीमा जीवन बीमा तर्फ ६३ हजार १९१ जना अभिकर्ताको कागजात सहितको विवरण इन्ट्रि भएको छ । निर्जीवन तर्फ भने १५१२ जना अभिकर्ताको विवरण उपलब्ध भएको प्राधिकरणले जनाएको छ । गत वर्षमा एक लाख १ लाख ३५ हजार अभिकर्ताले लाइसेन्स लिएका थिए । उनिहरु सहित यस वर्ष २०७९ मा पनि लाइसेन्स लिएका अभिकर्ताले समेत लाइसेन्स नविकरण गर्नु पर्ने हुन्छ । गत वर्षसम्मका अभिकर्ता र यस वर्ष नयाँ लाइसेन्स लिएका सहित एक लाख ५० हजार हाहारीको संख्यामा अभिकर्ताहरु रहेको प्राधिकरणले जनाएको छ ।

बीमा ऐन २०७९ पछि परिक्षा प्रणालीबाट लाइसेन्स लिएका अभिकर्ताको हकमा भने यस वर्ष नविकरण गर्नु पर्दैन । बीमा ऐनले नै अभिकर्ताको लाइसेन्स तीन वर्षको हुने भन्ने व्यवस्था गरिदिएकाले नयाँ प्रणाली अनुसार लाइसेन्स लिएका अभिकर्ताहरुले नविकरण गर्नु पर्दैन ।

Prabhu
Crest

बीमा प्राधिकरणले २०७९ माघ ७ गतेदेखि अभिकर्ताहरुको विवरण पेश गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा एक महिनाको समय दिएर फागुन ६ गतेसम्म अध्यावधिक गर्न भनेको थियो । तर यस अवधिमा प्रयाप्त मात्रामा विवरण इन्ट्रि नभए पछि पुनः फागुन ७ गतेदखि १५ गतेसम्म समय थप गरिएको छ ।

यदि बीमा कम्पनीहरुले अभिकर्ताको प्यान नम्बर सहितको विवरण प्रणालीमा इन्ट्रि नगरेमा अभिकर्ता लाइसेन्स नविकरण नहुने व्यवस्था गरिएको छ । प्राधिकरणले सम्पुर्ण अभिकर्ताहरुलाई तोकिएको समय भित्रै आ-आफ्नो कम्पनीको सम्पर्क कार्यालयमा गएर नागरिकता, प्यान नम्बर, पासपोर्ट साइजको फोटो र एसएलसी वा सो भन्दा माथिको लाब्धाङ्कपत्रको फोटो सहितको विवरण बुझाउन अनुरोध गरेको छ । यदि तोकिएको समयभित्र आफ्नो विवरण पेश नगरी अभिकर्ता लाइसेन्स नविकरण गर्न नपाइएमा प्राधिकरण जवाफदेही नहुने समेत जनाएको छ ।

प्राधिकरणले बीमा ऐन २०७९ मा एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरिदिएको छ । विद्यमान समयमा एउटै अभिकर्ताहरु दुई वा दूई भन्दा बढि बीमा कम्पनीमा अभिकर्ताको काम गरिरहेका छन् । प्राधिकरणले दोहोरो अभिकर्ताको पुरानो अभ्यासलाई निस्तेज पार्न अनलाइन प्रणालीको विकास गरेको छ । एक अभिकर्ता एक बीमा कम्पनीको अभियानलाई सफल पार्न प्राधिकरणले प्यान नम्बरबाट डुब्लिकेसन खोज्न सुरु गरेको छ । यसै क्रममा प्राधिकरणले बीमा अभिकर्तालाई दिएको निर्देशन अनुरुप जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ६४ हजार ८०३ अभिकर्ताको विवरण अध्यावधिक गरेको नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

हालसम्म सर्वाधिक धेरै नेपाल लाइफले १८ हजार ४९९ अभिकर्ताको विवरण अध्यावधिक गरेको छ । त्यस्तै दोस्रो धेरै सिटिजन लाइफले ८ हजार १२४ अभिकर्ताको विवरण प्रणालीमा इन्ट्रि गरिसकेको छ । त्यस्तै अन्य बीमा कम्पनीहरु नेशनल लाइफ ५ हजार ६१७, नेशनल लाइफ ५ हजार ६१७, रिलायन्स लाइफ ५ हजार ५६५, मेट लाइफ ५ हजार ४७३, रिलायबल नेपाल २ हजार ९८७, प्राइम लाइफ २ हजार ८२२, यूनियन लाइफ २ हजार ५७३ जना, आइएमई लाइफ २ हजार ९०, एलआइसी नेपाल एक हजार ८७६, महालक्ष्मी लाइफ एक हजार ८५२ जना, सन नेपाल लाइफ एक हजार ७४४ जना, प्रभु लाइफ एक हजार ३२२ जना, सूर्यज्योति एक हजार २६२ जना, सानिमा लाइफ ६ सय जना, एशियन लाइफ ४९१ जना, गुराँस लाइफ २३८ जना र राष्ट्रिय बीमा संस्थानले ५६ जना अभिकर्ताको विवरण अध्यावधिक गरेको छ ।

सम्पुर्ण कम्पनीहरुले यस्तो विवरण प्रणालीमा इन्ट्रि गरिसके पछि प्राधिकरणले डुब्लिकेसनको अध्ययन सुरु गर्नेछ । अहिले पनि डुब्लिकसेनको अध्ययन गर्ने काम भइरहेको मिश्रले जानकारी दिए । इन्ट्रि गर्ने काम सकिने वित्तीकै डुब्लिकेसन पत्ता लगाउने सोहि आधारम अभिकर्ता लाइसेन्स नविकरणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ ।

अभिकर्तालेहरुले यस वर्ष अनलाइन प्रणालीबाटै नविकरण गर्न पाउने छन् । यसरी नविकरण गर्दा सम्बन्धित अभिकर्ताले कुन कुन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएको हो सोको विवरण नविकरणका क्रममा देखिनेछ । अनलाइन प्रणालीबाटै कुनै एक कम्पनी चयन गर्ने सुविधा दिइनेछ । अभिकर्ताले स्वेच्छाले चयन गरेको कम्पनी बाहेक उसले लिएका अन्य बीमा कम्पनीको अभिकर्ता लाइसेन्स स्वत निष्कृय हुनेछ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीले अध्यावधिक गरेका अभिकर्ताको विवरण

अभिकर्ता लाइसेन्स नविकरणका लागि यथाशिघ्र चार वटा कागजात पेश गर्न प्राधिकरणको निर्देशन, नत्र नविकरण हुँदैन !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

7%

दु :खी

7%

अचम्मित

13%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS