IME Life
Beema Board

सिटिजन लाइफको ९ दिने सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । उक्त तालिम फागुन १ गतेदेखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको थियो ।

तालिममा काठमाडौं उपत्यका बहिरका स्थानहरु बर्दिबास, मिर्चैया, गाईघाट, बिराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest

कम्पनीको व्यवस्थापन समुह समेतको उपस्थिती रही कम्पनीका सम्पुर्ण कर्मचारिहरुलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिएको थियो ।

साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्व्यमले नै प्रस्तुत दिएका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS