IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्रीको वार्षिक तलब सुविधा ९८ लाख ५७ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीको वार्षिक तलब सुविधा ९८ लाख ५७ हजार रुपैयाँ रहेको छ । क्षेत्रीले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता बापत ७३ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनले यस भन्दा अघिल्लो आर्थिक वर्षमा तलब भत्ता बापत जम्मा ५२ लाख ५० हजार रुपैयाँ मात्रै बुझेका थिए ।

त्यस्तै नियम अनुसार कर्मचारी बोनस २४ लाख ५८ हजार रुपैयाँ प्राप्त गरेका छन् । बोनस शेयर भन्दा अघिल्लो आर्थिक वर्षको भन्दा घटेको छ । अघिल्लो आर्थिक वर्षमा क्षेत्रीले २६ लाख ८७ हजार रुपैयाँ बोनस प्राप्त गरेका थिए । यसरी तलब भत्ता र बोनस सहित ९८ लाख ५७ हजार रुपैयाँ बुझेका हुन् । यस भन्दा अघिल्लो आर्थिक वर्षमा ७९ लाख ३७ हजार रुपैयाँ प्राप्त गरेका थिए । उच्च व्यवस्थापन तहका कर्मचारीले भने तलब भत्ता बापत एक करोड ८९ लाख रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षमा सञ्चालक समितिका पदाधिकारीहरुलाई बैठक भत्ता सुविधा बापत २१ लाख १४ हजार रुपैयाँ उपलब्ध गराएको छ । शेयरधनीहरुको हकमा भने चुक्ता पूँजी एक अर्ब ३३ करोडको १२.४० प्रतिशत बोनस शेयर उपलब्ध गराउदैछ । अर्थात शेयरधनीहरुले १६ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ८७ लाख तीन हजार रुपैयाँ नगद लाभांश दिदैछ ।

कम्पनीले यहि फागुन ११ गते २६ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा लैनचौर बैङ्क्वेट लैचचौरमा विहान ११ बजे गर्दैछ । माघ २६ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउने छन् । साधारणसभा प्रयोजनका लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS