IME Life

नयाँ बसपार्क क्षेत्रमा भएका लुटपाट एवं तोडफोडप्रति महासंघको गम्भीर ध्यानाकर्षण

SPIL
NIC ASIA

काठमाडौं । प्रशासनिक कारवाहीको विरोध गर्दै फागुन २ गते काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ त्यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गरेको छ ।

लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफ्नो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि छ । जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय नभएको भन्दै यस्तो कार्य कानूनी राज्यमा दण्डनीय हुनुपर्ने महासंघको धारणा रहेको छ ।

Prabhu
Crest

कुनै पनि विरोधका आडमा जवरजस्ती कानून हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जान सकेन र त्यस्ता तत्वलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकिएन भने जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना नदोहोरिएलान भन्न नसकिने महासंघले जनाकएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारवाही हुनुपर्ने तर्फ नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै व्यवसायीका लुटिएका सामान अविलम्व फिर्ता गराउन समेत माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS