IME Life

युनिलिभर नेपालको नाफा ७७ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७७ दशमलव ४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३१ दशमलव ८५ प्रतिशतले बढेको छ । अन्य आम्दानी ३९ दशमलव ८८ प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी ३२ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीेको प्रति शेयर आम्दानी ६७६ रुपैयाँ २२ पैसा रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिसम्ममा कम्पनीको प्रति शेयर आम्दानी १ हजार १९९ रुपैयाँ ७८ पैसा पुगेको छ। यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार ७२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS