IME Life

गार्डियन माइक्रो लाइफले माग्यो सिइओ, यस्तो हुनु पर्नेछ योग्यता र अनुभव

SPIL
NIC ASIA

काठमाडौं । नयाँ लघु बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत आह्वान गर्न थालेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक सूचना मार्फत सिइओ पदका लागि आह्वान गरेको छ । इच्छुक आवेदकले आगामी १५ दिन भित्रमा अर्थात फागुन १५ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिनेको न्युनतम योग्यता स्नातकोत्तर गरेको हुनु पर्नेछ । बीमा, व्यवस्थापन, फाइनान्स, लेखा तथा वित्त, अर्थशास्त्र, कानुन, गणित, तथ्याङ्कशास्त्र, कानुनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । त्यस्तै चार्टर्ड एकाउन्टेन्सी हासिल गरेकाले कम्तिमा पनि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

माथिका योग्यता हासिल गरेका गरेकाले कम्तिमा पनि बैंक वित्तीय संस्थाको उच्च व्यवस्थापन तहमा रहेर ५ वर्ष काम गरेको हुनु पर्नेछ । यदि बीमा क्षेत्रमा भएमा ५ वर्ष, बैंकिङ क्षेत्रमा भए ८ वर्ष र दुबै क्षेत्रमा काम गरेको भएमा ७ वर्ष हुनु पर्नेछ । दुबै हुँदा एक वर्ष बीमामा काम गरेको हुनु पर्छ ।

यदि स्नातक तह मात्रै हासिल गरेको भएमा बैंक वित्तीय संस्थाको उच्च व्यवस्थापन तहमा रहेर कम्तिमा १० वर्ष काम गरेको हुनु पर्छ । जसमा बीमा क्षेत्रमा मात्रै भए १०, बैंकिङमा भए १५ वर्ष र दुबै क्षेत्रमा भए १२ वर्ष काम गरेको हुनु पर्नेछ । त्यस्तै बीमा ऐन २०७९ मा जनाइएको अयोग्यता हुनु हुदैन । कम्पनीले ६० वर्ष भन्दा बढि उमेर भएकालाई आवेदन नदिन आह्वान गरेको छ ।

कम्पनीलाई सहि नेतृत्व गर्न सक्ने क्षमतावान हुनु पर्ने विज्ञापनमा जनाइएको छ । त्यस्तै सञ्चालक समितिलाई दिशानिर्देश गर्न सक्ने हुनु पर्नेछ । त्यस्तै सम्पुर्ण नियामकीय ज्ञान भएको हुनु पर्नेछ । व्यवस्थापन सूचना प्रणाली तथा सूचना तथा प्रविधिलाई विकास गर्न सक्ने र कार्यान्वयन गर्न सक्ने हुनु पर्नेछ । आवेदकमा सांघठनिक, नेतृत्वदायी, सञ्चार र विश्लेषण सिप भएको हुनु पर्ने कम्पनीले जनाएको छ ।

आवेदकले चार वर्षे व्यवसायिक योजना तयार पार्नु पर्नेछ । यसका अतिरिक्त व्यक्तिगत विवरण पेश गर्नु पर्नेछ । तलब सुविधा आपसी सहमतिमा तय हुने कम्पनीले जनाएको छ । यो बीमा कम्पनीको केन्द्रिय कार्यलाय प्रदेश नम्बर एकको विराटनगरमा रहनेछ । प्राधिकरणले केन्द्रिय कार्यालयको सञ्चालन नै यहिबाट गर्नु पर्ने व्यवस्था गरेको छ । तर कम्पनीले नेपालभर व्यवसाय गर्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS