IME Life
Beema Board

सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि विक्री गरेको सनराइज फोकस्ड इक्विटी फण्डको इकामा आवेदन दिने आज अन्तिम मौका रहेको छ । यस इकाई छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिने भएपनि उक्त अवधिमा सबै इकाई विक्री नभएको कारण लामो अवधि आजसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

क्यापिटलले यस फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याउन लागिएको हो ।

Prabhu
Crest

इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कूल आकार १ अर्ब २० करोड रूपैयाँ रहेको छ । यस योजनाको विक्री हुनुपर्ने न्यूनतम इकाई ६ करोड रहेको छ ।

न्यूनतम विक्री हुनुपर्ने इकाई विक्री नभएमा उक्त योजना खारेज गरी १५ दिनभित्र निवेदनको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने योजना व्यवस्थापकले जनाएको छ ।

यस योजनाको इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ ९एएमसी ३० रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रवर्द्धकलाई केयर एनपी ए माइनस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ ।

यस योजनाको इकाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS