IME Life

निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर खु्म्चियाे,छ महिनामा रू.१.३७ खर्ब कर्जा लगानी

SPIL
NIC ASIA

काठमाण्डाै । बै‌ंक तथा वित्तीय संस्थागत कर्जा लगानीका लागी पर्याप्त तरलता अभावका कारण चालू आर्थिक वर्षकाे पुस मसान्तसम्ममा निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर पाेहाेरकाे भन्दा उल्लेखनीयरूपमा गिरावट आएकाे छ। गत आव २०७८।७९ काे पुस मसान्तसम्ममा निजी क्षेत्रमा प्रवाहित कर्जा १२.१ प्रतिशतले बढाएका बै‌ंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षकाे साेही अवधिसम्ममा जम्मा ३ प्रतिशतले कर्जा प्रवाह बिस्तार गरेका छन् ।

गत आव २०७८।७९ मा ४ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँले बढेको थियो भने यसपटक जम्मा १ खर्ब ३७ अर्ब ३३ करोड रुपैयाँले निजी क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि भएकाे  नेपाल राष्ट्र बै‌ंकले साेमबार सार्वजनिक गरेकाे छ महिने आर्थिक अवस्था सम्बन्धी विवरणमा उल्लेख छ।

Prabhu
Crest

वार्षिक बिन्दुगत आधारमा भने चालू आवकाे पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ ।चालू आवकाे दाेश्राे त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकको ४.९ प्रतिशतले र वित्त कम्पनीको १.६ प्रतिशतले बढेको छ । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६७.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९।८० को पहिलाे छ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.७ प्रतिशतले, अधिविकर्ष कर्जा ८.३ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा ४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १.४ प्रतिशतले बढेको छ । ट्रष्ट रिसिट (आयात) कर्जा ८.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ७ प्रतिशतले र हायर पर्चेज कर्जा ८.७ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षकाे दाेश्राे त्रैमासमा कूल निक्षेप संकलन २ खर्ब १५ अर्ब रूपैयाँभन्दा बढीले वृद्धि भएकाे छ । राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे पुस मसान्त सम्मकाे आर्थिक विवरण अनुसार निक्षेप संकलन ४.२ ले वृद्धि भएर २ खर्ब १५ अर्ब १४ करोड रूपैयाँ पुगेकाे छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ७९ अर्ब ७ करोड रूपैयाँले मात्र बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको छ । आव  २०७९।८० काे पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३०.३ प्रतिशत र ५४.४ प्रतिशत थियो ।

चालू आवकाे पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३९.२ प्रतिशत थियो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS