IME Life
Beema Board

माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

SPIL
NIC ASIA

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।

बैंकले ५ वर्ष अवधि तथा वार्षिक १० दशमलव ३० प्रतिशत व्याजदर भएको ‘१० दशमलव ३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो । प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म आवेदन दिन सकिनछे । त्यस अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेले ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्र मध्ये ४८ हजार कित्ता सामुहिक लागनी कोषको लागि बाँडफाँड गरिएको जनाएको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS