काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ७४ अंकले घटेर २,१११ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४८ कम्पनकिो शेयर मुल्य घटेको छ । आज २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिडी पारको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।