काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३७ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।
उल्लेखित शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनमित्र कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर जारी गरिने पनि कम्पनीले बताएको छ ।