काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनश शेयर सूचिकृत भएको छ । यी दुवै कम्पनीले आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर नेप्सेमा सूचिकृत गराएको हो ।
किसान लघुवित्तको २० प्रतिशत दरका कुल ७ लाख ८५ हजार ६१७ कित्ता बोनश शेयर र सिभिल बैंकको ५ प्रतिशत दरका कुल ४५ लाख ३७ हजार ९२१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।