IME Life

भारतमा सबै बीमा कम्पनीले अनिवार्यरूपमा पूर्णकालीन बीमांकी नियुक्त गर्नुपर्ने प्रावधान लागू

SPIL
NIC ASIA

काठमाण्डाै‌ । भारतकाे सबै बीमा कम्पनीहरुले पूर्णकालीन बीमांकी नियुक्त गर्नुपर्ने अनिवार्य भएकाे छ। भारतीय बीमा नियामक तथा विकास प्राधिकरण आइआरडीएआइले जनवरी १० देखि नै लागू हुने गरी बीमा‌ंकी नियुक्ती अनिवार्य गरेकाे हाे ।

यसअघि विज्ञ बीमांकीकाे नियुक्ती बीमा कम्पनीकाे दायीत्व निर्धारण गर्ने प्रयाेजनका लागी मात्र हुँदै आएकाे थियाे । यस्ताे बीमा‌ंकीले वार्षिकरूपमा कम्पनीकाे वित्तीय दायीत्व निर्धारण र नाफाकाे गणना गर्दै आएका थिए । अब आन्तरिकरुपमा पूर्णकालीन बीमा‌ंकीकाे नियुक्तिसँगै बीमकले नयाँ बीमालेखकाे तयारी, जाेखिम मूल्यांकन, बीमाशुल्क निर्धारण र मूल्यांकनकाे कार्य आन्तरिकरुपमै गर्नुपर्नेछ ।

Prabhu
Crest

प्राधिकरणकाे निर्देशन अनुसार जीवन बीमा कम्पनीमा डिसेम्बर ३१, २०२२ वा त्योभन्दा अगाडि नियुक्त भएका बीमांकी बाहेक कम्तीमा दुई थप बीमांकी नियुक्त गर्नुपर्नेछ । त्यसैगरी निर्जीवन, व्यक्तिगत स्वास्थ्य बीमा र पूनर्बीमा कम्पनीहरूमा नियुक्त बीमांकीकाे अतिरिक्त कम्तिमा एक जना थप बीमांकी नियुक्त गर्नुपर्नेछ। परिपत्रमा बीमा योजनाको बीमाशुल्क दर निर्धारण र मूल्याङ्कनका लागि आन्तरिकरुपमै  बीमा‌ंकी नियुक्त गर्न भनिएको छ ।

तर, नयाँ बीमा वा पूनर्बीमा कम्पनीलाई दर्ता प्रमाणपत्र जारी भएको मितिदेखि अर्को दुई वर्षसम्म यस दायीत्वबाट छुट दिइएको छ।

भारतमा कुल २४ जीवन बीमा सहित ५७ वटा बीमा कम्पनीहरू छन्। तीमध्ये ७ वटा सरकारी स्वामित्वका बीमा कम्पनी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS