काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १४ अंकले बढेर २,१७३ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २४८ कम्पनीको ८३ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्बमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको १० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।