काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी कनेक्ट आइपीएस प्रणालिमा आवद्ध भएको छ । मेटलाइफले आफ्नो सेवालाई थप सुविधायुक्त बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात मेटलाइफका ग्राहकले सेवा लिए बापत सजिलै अनलाइन माध्यमबाट भूक्तानी गर्न सक्नेछन् । यसका साथै प्रिमियम भुक्तानी, क्लेम, अभिकर्ताको कमिसन, सर्भेयसरको भुक्तानी, भेन्डोर भुक्तानी कम्पनीका कर्मचारीलाई प्रदान गरिने तलब सुबिधा समेत कनेक्ट आइपीएस मार्फत भुक्तान हुने मेटलाइफले जनाएको छ ।