IME Life

कालिञ्चोक दर्शनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १० कित्ताका लागि मात्रै आवेदन दिए पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । कालिञ्चोक दर्शनले निष्काशन गरेको आइपिओमा माग भन्दा बढि आवेदन पछि आजदेखि निष्काशन बन्द गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि माघ ३ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा आठ लाख ९६ हजार चार सय कित्ता बिक्री खुला गरिरहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ ।

Prabhu
Crest

त्यसैगरी दुई प्रतिशतले हुने २१ हजार ६ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि छुट्टाइएको ८ लाख ९६ हजार ४०० कित्ता शेयर केबल ८९ हजार ६४० जनाले मात्रै प्राप्त गर्नेछन् । तर कालिञ्चोक दर्शनको आइपिओमा १० लाख भन्दा बढिको आवेदन परिसकेको जनाइएको छ । यसले गर्दा अधिकतम १० कित्ताको लागि मात्रै आवेदन दिए पुग्छ ।

निष्कासन गरिने सेयरमा सर्वसाधारणले छिटोमा आगामी माघ ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे माघ १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS